FLASH NEWS
  • Loading...

कार्यसम्पादन मूल्याङ्कनमा राप्ती सोनारी गाउँपालिका पहिलो

  • गोल्डेन खबर
  • ९ घण्टा अघि
  • ३ पटक पढिएको
कार्यसम्पादन मूल्याङ्कनमा राप्ती सोनारी गाउँपालिका पहिलो

बाँके जिल्लाका स्थानीय तहहरूको कार्यसम्पादन मूल्याङ्कन, संस्थागत क्षमता स्वमूल्याङ्कन र वित्तीय सुशासन जोखिम मूल्याङ्कनको नतिजा सार्वजनिक गरिएको छ ।

वर्ष २०८१-८२ को कार्यसम्पादन मूल्याङ्कन अनुसार जिल्लाको राप्तीसोनारी गाउँपालिका ६०.०१ ऋङ्कसहित पहिलो स्थानमा रहेको छ । सोही प्रकारले बैजनाथ गाउँपालिका ५९.२७ र कोहलपुर नगरपालिका ५८.२१ ऋङ्कसहित क्रमशः दोस्रो र तेस्रो स्थानमा रहेका छन् । नेपालगन्ज उपमहानगरपालिका ४६.८९ अङ्कसहित सातौँ स्थानमा छ भने जानकी गाउँपालिका ४३.५९ अंकसहित अन्तिम स्थानमा रहेको छ ।

स्थानीय संस्थागत क्षमता स्वमूल्याङ्कन (लिजा) मा डुडुवा गाउँपालिकाले ९५.२५ अङ्क प्राप्त गर्दै अग्रस्थान हासिल गरेको छ भने खजुरा गाउँपालिकाले ९१.२५ र राप्तीसोनारी गाउँपालिकाले ९०.७५ अङ्क हासिल गरेर क्रमशः दोस्रो र तेस्रो स्थानमा छन् ।

नरैनापुर गाउँपालिकाले शून्य अङ्क प्राप्त गरेको देखिएको छ । यसैगरि स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्यांकनमा राप्तीसोनारी गाउँपालिका ९९.५ अङ्कसहित पहिलो स्थानमा रहेको छ भने खजुरा गाउँपालिका ९० र जानकी गाउँपालिका ८८.५ अङ्कसहित क्रमशः दोस्रो र तेस्रो स्थानमा रहेका छन् । डुडुवा गाउँपालिका र नरैनापुर गाउँपालिकाले शून्य अङ्क प्राप्त गरेका छन् ।

  • 1
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित