FLASH NEWS
- एमाले सांसद रघुजी पन्तद्वारा राप्रपाका सांसद शाहीलाई लक्ष्य गर्दै बहस गर्ने हो भने इतिहास पढेर आउन आग्रह |
- केही नेता उत्पादन गर्न लाखौं विद्यार्थीहरूको भविष्य जोखिममा पारियोः स्वर्णिम वाग्ले |
- मुम्बई इन्डियन्सले जित्यो दोश्रो पटक महिला प्रिमियर लिग (डब्लुपिएल) को उपाधि |
- राप्रपा केन्द्रीय कार्य सम्पादन समितिको बैठक बस्दै |
- प्रतिनिधि सभा बैठक बस्दै, यस्ता छन् कार्यसूची |
होलीमा ड्रोनबाट निगरानी
- गोल्डेन खबर
- ३ दिन अघि
- ९ पटक पढिएको

नेपाल प्रहरीले फागुपूर्णिमा अर्थात् होली पर्वलाई मर्यादित, सुरक्षित र शान्तिपूर्ण बनाउन विशेष सुरक्षा योजना तयार गरी आवश्यक सङ्ख्यामा प्रहरी परिचालन गरेको छ ।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता दिनेश अधिकारीले फागुपूर्णिमा अर्थात् होली पर्वलाई सुरक्षित मर्यादित र शान्तिपूर्ण रूपमा मनाउने गरी सुरक्षा योजना बनाइएको बताउनुभयो ।
उहाँले होली पर्वमा बढी भिडभाड हुने काठमाडौँ, भक्तपुर र ललितपुरलगायत देशका मुख्य सहरमा आवश्यक प्रहरी परिचालन गरी सिसिटिभी तथा ड्रोनबाट पनि निगरानी गरिने बताउनुभयो । उहाँले भन्नुभयो, “रङ्गहरूको विशेष पर्व होली स्वःस्फूर्त मनाउने वातावरणका लागि सम्पूर्ण सुरक्षा व्यवस्था मिलाइएको छ । होलीको जबरजस्ती रङ तथा रसायन दल्ने, मादक तथा लागुऔषध प्रयोग गरी उच्छृङ्खल गतिविधि गरे तत्काल नियन्त्रणमा लिई कानुनी कारबाही हुने छ ।
प्रतिक्रिया दिनुहोस