FLASH NEWS
  • Loading...

युट्युबमा रिलिज ‘डिग्री माइला’ ले पायो २४ घण्टा नपुग्दै १० लाख बढी भ्युज

  • गोल्डेन खबर
  • १ दिन अघि
  • ८ पटक पढिएको
युट्युबमा रिलिज ‘डिग्री माइला’ ले पायो २४ घण्टा नपुग्दै १० लाख बढी भ्युज

रामबाबु गुरूङ निर्देशित फिल्म ‘डिग्री माइलाः एमए थर्ड क्लास’ युट्युबमा रिलिज भएको छ।

दयाहाङ राई र आँचल शर्मा अभिनीत यो फिल्म हल रिलिजको १ वर्ष नपुग्दै युट्युबमा सार्वजनिक गरिएको हो।

सोमबार बेलुका सार्वजनिक फिल्मलाई मंगलबारबार बेलुकासम्म १० लाखभन्दा बढीपटक हेरिएको छ। युट्युब रिलिजको २४ घण्टा नपुग्दै फिल्मले १ मिलियन भ्युज पार गरेको हो। 

२०८० सालको चैत ३० गते हलमा रिलिज भएको थियो।

फिल्ममा दयाहाङ र आँचलसहित विजय बराल, माओत्से गुरूङ, प्रकाश घिमिरे, बुद्धि तामाङ लगायतको अभिनय छ। फिल्मले शिक्षा प्रणाली र शैक्षिक बेरोजगारी समस्याको कथा भनेको छ।

फिल्म निर्माता कम्पनी बाँसुरी फिल्म्सको युट्बुब च्यानलमा सार्वजनिक छ।

  • 3
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित