FLASH NEWS
  • Loading...

टी–२० सिरिज : नेपाल हङकङसँग दुई रनले पराजित

  • गोल्डेन खबर
  • ५ दिन अघि
  • ११ पटक पढिएको
टी–२० सिरिज : नेपाल हङकङसँग दुई रनले पराजित

युगान्डामा जारी महिला टी–२० क्रिकेट सिरिजको तेस्रो खेलमा नेपाल हङकङसँग दुई रनले पराजित भएको छ ।

एन्टेब्बे क्रिकेट ओभल मैदानमा सोमबार जितको लागि हङकङले दिएको १०१ रनको लक्ष्य पछ्याएको नेपाल २० ओभरमा सात विकेटको क्षतिमा ९८ रनमा समेटियो ।

तीन खेलमा नेपालको यो दोस्रो हार हो । यसअघि नेपाल पहिलो खेलमा नामिबियासँग ६ विकेटले पराजित भएको थियो । आइतबार भएको दोस्रो खेलमा नेपालले घरेलु टोली युगान्डामाथि एक विकेटको रोमाञ्चक जित हात पारेको थियो ।

नेपालका लागि कप्तान इन्दु बर्माले सर्वाधिक ३२ रन बनाउनुभयो । यस्तै पूजा महतोले १९, विन्दु रावलले १४, रोमा थापले अविजित १३ र साना प्रविनले १० रन बनाउनुभयो । बलिङमा हङकङकी मारिको हिलले दुई तथा सियु मिवाई र चान का यिङले एक एक विकेट लिनुभयो ।

यसअघि टस हारेर पहिले ब्याटिङका निम्तो पाएको हङकङले निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा १०० रन बनाएको थियो ।

हङकङका लागि नताशा मिल्सले सर्वाधिक ३५ रन बनाउनुभयो । मारिको हिलले २१ र यस्मिन दासवनीले अविजित ११ रन जोड्नुभएको थियो ।

बलिङमानेपालका लागि कप्तान इन्दु बर्मा र ईश्वरी विष्टले दुई दुई तथा पूजा महतो र रचनाकुमारी चौधरीले एक एक विकेट झार्नुभयो ।

नेपालले अर्को खेल बुधबार नामिबियासँग खेल्नेछ । सहभागी चार टोलीले एक आपसमा दुई पटक प्रतिस्पर्धा गरेपछि शीर्ष दुई टोलीबिच उपाधिका लागि भिडन्त हुनेछ ।

  • 1
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित