- एमाले सांसद रघुजी पन्तद्वारा राप्रपाका सांसद शाहीलाई लक्ष्य गर्दै बहस गर्ने हो भने इतिहास पढेर आउन आग्रह |
- केही नेता उत्पादन गर्न लाखौं विद्यार्थीहरूको भविष्य जोखिममा पारियोः स्वर्णिम वाग्ले |
- मुम्बई इन्डियन्सले जित्यो दोश्रो पटक महिला प्रिमियर लिग (डब्लुपिएल) को उपाधि |
- राप्रपा केन्द्रीय कार्य सम्पादन समितिको बैठक बस्दै |
- प्रतिनिधि सभा बैठक बस्दै, यस्ता छन् कार्यसूची |
राप्रपाले बुझायो काठमाडौं महानगरलाई एक लाख जरिवाना
- गोल्डेन खबर
- ६ दिन अघि
- ११ पटक पढिएको

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले काठमाडौं महानगरपालिकालाई एक लाख रुपैयाँ जरिवाना बुझाएको छ।
पूर्वराजाको स्वागतका क्रममा आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गेटनजिक, तिलगंगा, गौशालालगायत सार्वजनिक क्षेत्रमा भौतिक क्षति पुग्नुका साथै जथाभाबी फोहोर गरिएको भन्दै काठमाडौं महानगरले राप्रपालाई जरिवाना गरेको थियो।
राप्रपाका प्रवक्तासमेत रहेका प्रतिनिधि सभा सांसद ज्ञानेन्द्र शाहीलगायत सोमबार काठमाडौं महानगर पुगेर जरिवाना बुझाएका हुन्।
‘ज्ञानेन्द्र शाहीलगायत आएर जरिवाना बुझाएर जानुभएको छ,’ काठमाडौं महानगरका नगर प्रहरी प्रशासन प्रमुख धर्म भण्डारीले सेतोपाटीसँग भने।
राप्रपा प्रवक्ता ज्ञानेन्द्र शाहीले पनि महानगरलाई जरिवाना बुझाएको तस्बिर फेसबुकमा राख्दै लेखेका छन्, ‘हामी राप्रपा सुशासन मान्छौं र विधिको शासन मान्छौं। रु १ लाख रुपैयाँ हामीले काठमाडौँ महानगरपालिकाको खातामा दाखिला गरेका छौं।’
पूर्वराजाको स्वागतमा सहभागी व्यक्तिहरूबाट सार्वजनिक क्षेत्रका सडक, सडकपेटी, आइल्यान्ड र त्यहाँ रहेका विरूवाका साथै रेलिङहरूमा भौतिक क्षति पुगेको र जथाभाबी फोहोरमैला गरी वातावरण प्रदूषण गरेको महानगरको भनाइ थियो।
राप्रपाले पूर्वराजाको स्वागतका लागि पूर्वनिर्धारित आमसभा नै स्थगित गरेको थियो।