एम्बाप्पे र जुनियरको गोलमा रियलको जित

  • गोल्डेन खबर
  • ६ दिन अघि
  • १६ पटक पढिएको
एम्बाप्पे र जुनियरको गोलमा रियलको जित

रियल म्याड्रिड स्पेनिस ला लिगा अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ।

रियलले आइतवार रायो भालेकानोलाई २-१ ले पराजित गरेको हो। अर्को खेलमा गेटाफेले एट्लेटिको म्याड्रिडलाई २-१ ले हराएको थियो।

रियल दोस्रोमा उक्लियो भने एट्लेटिको तेस्रो स्थानमा झर्यो । सान्टियागो बर्नाबेउमा ३० औं मिनेटमा केलियन एम्बाप्पेको गोलमा रियले अग्रता लियो।

३४औं मिनेटमा भिनिसियस जुनियरले गोल गर्दै रियलको‌ अग्रता दोब्बर पारे। पहिलो हाफको इन्ज्युरी समयको दोस्रो मिनेटमा भालेकानोका पेड्रो डियाजले गोल गरे।

रियलको २७ खेलबाट ५७ अंक पुगेको छ। एक खेल‌ कम खेलेको शीर्षस्थानको बार्सिलोनाको पनि ५७ अंक छ । तेस्रो स्थानको एट्लेटिकोको ५६ अंक छ। भालेकानो ३६ अंकसहित आठौं स्थानमा छ।

आइतवार अन्य खेलमा सेभिलाले रियल सोसिडाडलाई‌ र रियल बेटिसले लस पालमसलाई समान १-० ले हरायो । एथ्लेटिक क्लब र मालोर्काले १-१ को बराबरी खेले ।

  • 1
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित