- सांसद प्रकाश ज्वालाले लोक सेवामा ६ पटकभन्दा बढी परीक्षा दिन निषेध गर्ने गरी कानूनी व्यवस्था गरिन लागेको हो भने त्यो गलत भएको बताए |
- पूर्वराजाले गाडीमा उभिएर ताली खाँदै हिँड्नु शोभनीय भएन: कृष्ण सिटौला |
- अमेरिकी डलरको भाउ स्थिर हुँदा अस्ट्रेलियन डलर बढ्यो, घट्यो युरो |
- रा-सो-पाका डोलप्रसाद अर्यालद्वारा वैदेशिक रोजगारीमा जाने श्रमिकहरूलाई सम्झौताअनुसार पारिश्रमिक दिलाउन सरकारको ध्यानाकर्षण |
- पाथीभरा केबलकार बनाउने प्रक्रियामै संलग्न दल अहिले विरोधमा छन्: गृहमन्त्री लेखक |
लोकतन्त्रविरोधी गतिविधिको खिसिट्युरी नगरौं, हिजो पञ्चहरू बहुलवादीहरूको उपहास गर्थे: सांसद बोहरा
- गोल्डेन खबर
- १ हप्ता अघि
- १८ पटक पढिएको

राष्ट्रिय सभामा प्रतिपक्षी दल नेकपा (एकीकृत समाजवादी)का सांसद उदयबहादुर बोहराले काठमाडौं लगायत विभिन्न सहरमा भइरहेको नाराजुलुसलाई खिसिट्युरी नगर्न सरकारलाई चेतावनी दिएका छन्।
राष्ट्रिय सभाको आइतबार बसेको बैठकमा बोल्दै बोहोराले लोकतन्त्रमाथि नै प्रहार गर्ने त्यस्ता खालका गतिविधिहरूलाई खिसिट्युरी गरेर सरकारले जग हसाएको बताएका हुन्।
‘ सरकार खुट्टी हेरी थाहा पाइयो भन्दे खिसिट्युरी गरेर जग हसाइरहेको छ,’ उनले भने, ‘ हिजो पञ्चायती व्यवस्थाको अन्त्य हुँदा पञ्चहरू पनि मुठ्ठिभर तत्व भन्दै बहुलवादीहरूको उपहास गर्थे। आखिर पञ्चायत मक्किसकेको थियो ढल्यो।’
उनले सरकारले कार्यशैली नसच्याए ठूलो समस्या आउन सक्ने पनि बताए।
‘सरकार र सरकारका मन्त्रीहरूको कार्यशैली त्यस्तै छ। प्रतिपक्षीप्रति सहिष्णु हुनुहुन्न। फरक विचार सुन्न चाहनुहुन्न। भ्रष्टाचार विचौलिया र कुशासन महँगी व्यापक छ यसलाई नियन्त्रण गर्नुस्,’ उनले भने, ‘ अन्यथा ठूलो समस्या आउन सक्छ।’