FLASH NEWS
- सांसद प्रकाश ज्वालाले लोक सेवामा ६ पटकभन्दा बढी परीक्षा दिन निषेध गर्ने गरी कानूनी व्यवस्था गरिन लागेको हो भने त्यो गलत भएको बताए |
- पूर्वराजाले गाडीमा उभिएर ताली खाँदै हिँड्नु शोभनीय भएन: कृष्ण सिटौला |
- अमेरिकी डलरको भाउ स्थिर हुँदा अस्ट्रेलियन डलर बढ्यो, घट्यो युरो |
- रा-सो-पाका डोलप्रसाद अर्यालद्वारा वैदेशिक रोजगारीमा जाने श्रमिकहरूलाई सम्झौताअनुसार पारिश्रमिक दिलाउन सरकारको ध्यानाकर्षण |
- पाथीभरा केबलकार बनाउने प्रक्रियामै संलग्न दल अहिले विरोधमा छन्: गृहमन्त्री लेखक |
युनाइटेड र आर्सनलको बराबरी
- गोल्डेन खबर
- १ हप्ता अघि
- १७ पटक पढिएको

आर्सनल र म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगमा आइतवार बराबरी खेलेका छन्।
आर्सनल र युनाइटेडबिचको खेल १-१ को बराबरीमा टुंगिएको हो । घरेलु मैदानमा अग्रता जोगाउन नसक्दा युनाइटेड बराबरीमा रोकियो ।
युनाइटेडका लागि पहिलो हाफको इन्ज्युरी समयमा बुर्नो फर्नाडेसले गोल गरेका थिए । उनले पेनाल्टी बक्स बाहिर फ्रिकिकमा गोल गरेका हुन्।
तर, ७४औं मिनेटमा आर्सनलका डिक्लेन रिचले गोल गरेपछि खेलमा बराबरी भयो ।
आर्सनल २८ खेलमा ५५ अंकका साथ दोस्रो स्थानमा कायमै छ । समान खेलमा युनाइटेड ३४ अंकका साथ १४औं स्थानमा छ । एक खेल बढी खेलेको शीर्ष स्थानको लिभरपुलको आर्सनलको भन्दा १५ अंक बढी छ।
आइतवार चेल्सीले लेस्टर सिटीलाई १-० ले पराजित गर्यो । टोटनहम र बर्नमाउथले २-२ बराबरीमा खेले ।
प्रतिक्रिया दिनुहोस