- एमाले सांसद रघुजी पन्तद्वारा राप्रपाका सांसद शाहीलाई लक्ष्य गर्दै बहस गर्ने हो भने इतिहास पढेर आउन आग्रह |
- केही नेता उत्पादन गर्न लाखौं विद्यार्थीहरूको भविष्य जोखिममा पारियोः स्वर्णिम वाग्ले |
- मुम्बई इन्डियन्सले जित्यो दोश्रो पटक महिला प्रिमियर लिग (डब्लुपिएल) को उपाधि |
- राप्रपा केन्द्रीय कार्य सम्पादन समितिको बैठक बस्दै |
- प्रतिनिधि सभा बैठक बस्दै, यस्ता छन् कार्यसूची |
फिल्म ‘आउटलः दफा २१९’को ‘अन्धो कानुन’ बोलको गीत सार्वजनिक
- गोल्डेन खबर
- १ हप्ता अघि
- ११ पटक पढिएको

काठमाडौं । फागुनको २९ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘आउटलः दफा २१९’को ओएसटी सार्वजनिक गरिएको छ । ‘अन्धो कानुन’ बोलको गीतले नेता र सरकारमाथि आक्रोश पोखेको छ । कानुन अन्धो हुँदा देशमा नारीको अस्मिता कसरी लुटिएको छ भन्ने गीतमा आवाज बोलिएको छ ।
मिस्टर डीले तयार पारेको यो गीतमा उनकै र्याप र संगीत छ । नितु पुनले पनि गीतमा स्वर दिएकी छिन् ।यो गीतको भिडियोमा दिर्घ धामीको कन्सेप्ट, सम्पादन र निर्देशन छ । सलिनाको कार्यकारी निर्देशन रहेको गीतको भिडियोमा सलिना सुनार र साजेश बलामी पनि निर्देशन टिममा छन् । राजेश कुटुको यसमा कोरियोग्राफी छ । नवीन गुरुङले यो फिल्म खिचेका हुन् ।
गीतमा एउटै व्यक्ति बारम्बार सरकारमा गएको, जनतामाथि अन्याय गरेको, बलात्कारीलाई संरक्षण गरेको लगायतका शब्द बुनिएको छ ।
फिल्मलाई विक्की महर्जनले लेखन तथा निर्देशन गरेका हुन् । फिल्ममा अमित अग्रहरी र निशा गुइडेको लगानी छ । विक्की महर्जन र दिर्घ धामीको पटकथा रहेको फिल्ममा विनोद कठायत कार्यकारी निर्माताको रुपमा छन् ।
यो फिल्ममा सुशील श्रेष्ठ, नरेश पौडेल, शिक्षा संग्रौला, सुमन भण्डारी, हेममान गुरुङ, सोनी लागुन, विशाल पहारी, महेश त्रिपाठी, आयन परियारको अभिनय छ ।
चुल्ठे काजीको एक्सन रहेको फिल्ममा साहिल खानको सम्पादन छ । फिल्मले दर्शकको सुखद साथ पाउने अपेक्षा निर्माण युनिटकोछ ।