नेपालले टस जित्यो

  • गोल्डेन खबर
  • १ हप्ता अघि
  • ७ पटक पढिएको
नेपालले टस जित्यो

वुमेन्स डे महिला टि ट्वान्टी आई सिरिजमा घरेलु टोली युगान्डाविरुद्ध नेपालले टस जितेको छ ।

युगान्डाको एन्टेब्बे क्रिकेट ओभलमा नेपालकी कप्तान इन्दु बर्माले टस जितेर बलिङ रोजेकी छिन् । नेपाल र युगान्डाबीच यसअघि ५ खेल भएको छ।

त्यसमा नेपालले २ र युगान्डाले ३ खेल जितेको छ । नेपाल र युगान्डाबीच सन् २०२२ मा ५ खेलको सिरिजमा युगान्डा ३-२ ले विजयी भएको थियो।

जारी सिरिजमा घरेलु टोली युगान्डा, नेपाल, नामिबिया र हङकङको सहभागिता छ । सिरिजमा सबै टोलीले एकअर्कासँग दुई खेल खेल्नेछन् । लिग चरणको खेलपछि शीर्ष २ टोलीबीच फाइनल हुनेछ ।

नेपाली टोलीमा ३ परिवर्तन भएको छ । शनिवार नामिबियासँगको खेलमा टिममा रहेकी राजमती ऐरी, अलिशाकुमारी यादव तथा रचनाकुमारी चौधरी बेन्चमा रहेका छन् ।

बिन्दु रावल, ममता चौधरी तथा साना प्रविनले टिममा मौका पाएका छन् । सानाको यो राष्ट्रिय टोलीमा डेब्यु खेल हो।

नेपालको प्लेईङ-११

बिन्दु रावल, इन्दु बर्मा (कप्तान ), ईश्वरी विष्ट, कविता जोशी, पूजा महतो, ममता चौधरी, साना प्रविन, रिया शर्मा, रोमा थापा, रुबिना क्षेत्री, सम्झनाकुमारी खड्का

  • 1
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित