- एमसिसीका केही परियोजना अगाडि बढाउन अमेरिकाले दियो अनुमति |
- जलवायु परिवर्तनका जोखिम ध्यानमा राखेर सरकारले बजेट निर्माण गर्छः ऊर्जामन्त्री खड्का |
- सांसद चन्दको प्रश्नः सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको विधेयक कता हरायो? |
- पूर्वराजालाई राप्रपाले पार्टी सभापति बनाए हुन्छ: देउवा |
- नारायणघाट– बुटवल सडक: पूर्वखण्डमा ४७ किलोमिटर कालोपत्र |
थापाथलीमा फुट्यो मेलम्चीको पाइप, सडक अवरूद्ध
- गोल्डेन खबर
- ३ हप्ता अघि
- २३ पटक पढिएको

काठमाडौंको थापाथली चोकनजिक मेलम्ची खानेपानीको पाइप फुटेको छ। मंगलबार बिहानै मेलम्चीको वितरण सञ्जालको पाइप फुट्दा थापाथली चोकदेखि पूर्वतिरको सहायक सडक केहीबेर जलमग्न बनेको थियो।
अहिले पाइप फुटेको स्थानमा पानी वितरण बन्द गरिसकेको काठमाडौं उपत्यका खानेपानी वितरण केन्द्र लिमिटेडले जानकारी दिएको छ। सडक भने अवरूद्ध नै छ।
‘पाइप फुटेको जानकारी आएलगत्तै हामीले वितरण केन्द्रबाट थापाथली क्षेत्रमा पानी पठाउन बन्द गरिसकेका छौं। फुटेको कारण पत्ता लागिसकेको छैन,’ केयुकेएलका प्रमुख कार्यकारी अधिकृत (सिइओ) अशोककुमार पौडेलले सेतोपाटीलाई जानकारी दिए।
उनकाअनुसार थापाथली क्षेत्रमा फुटेको मुख्य पाइप नै हो। पाँच सय एमएमको पाइप फुटेकाले केहीबेर जलमग्न बन्न पुगेको उनको भनाइ छ।
‘हामीले पाइप फुटेको यकिन कारण पत्ता लगाइसकेका छैनौं। लिक भएको हो भने अलग्गै कारण हुन्छ। फुटेको हो भने तेस्रो पक्षको कारण देखिनसक्छ, पानी रोकिएपछि यकिन कारण पत्ता लगाउँछौं,’ उनले भने।
यसअघि माइतीघर–बानेश्वर सडक खण्डको बबरमहल क्षेत्रमा पनि मुख्य पाइप नै फुटेको थियो। बबरमहल क्षेत्रमा पनि पाँच सय एमएमकै पाइप फुट्दा मूल सडकमै क्षति पुगेको थियो।
त्यहाँ विद्युत प्राधिकरणले तार भूमिगत गर्न प्वाल खन्ने उपकरणले पाइपमा क्षति पुर्याएकाले पाइप फुटेको थियो।