FLASH NEWS
- Mumbai Indians Announce Squad for IPL 2025; Hardik Pandya to Lead |
- सांसद प्रकाश ज्वालाले लोक सेवामा ६ पटकभन्दा बढी परीक्षा दिन निषेध गर्ने गरी कानूनी व्यवस्था गरिन लागेको हो भने त्यो गलत भएको बताए |
- पूर्वराजाले गाडीमा उभिएर ताली खाँदै हिँड्नु शोभनीय भएन: कृष्ण सिटौला |
- अमेरिकी डलरको भाउ स्थिर हुँदा अस्ट्रेलियन डलर बढ्यो, घट्यो युरो |
- रा-सो-पाका डोलप्रसाद अर्यालद्वारा वैदेशिक रोजगारीमा जाने श्रमिकहरूलाई सम्झौताअनुसार पारिश्रमिक दिलाउन सरकारको ध्यानाकर्षण |
रोस फुटबलको मुख्य प्रशिक्षकमा नियुक्त
- गोल्डेन खबर
- २ हप्ता अघि
- १५ पटक पढिएको

नेपाली राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षकमा म्याट रोस नियुक्त हुनुभएको छ ।
अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले आइतबार अस्ट्रेलियाका रोसलाई एक वर्षका लागि प्रशिक्षकमा नियुक्त गरेको हो । रोस एक महिनाअघि नै नेपाल आउनुभएको थियो ।
तर एन्फाले आइतबार मात्र रोसलाई औपचारिक सार्वजनिक गरेको छ । रोसले सोमबार आफ्नो कार्ययोजना सार्वजनिक गर्ने बताइएको छ ।
‘युइएफए प्रो लाइसेन्स’ मान्यताप्राप्त रोस यसअघि सन् २०२० देखि २०२३ सम्म दक्षिण कोरिया राष्ट्रिय महिला टोलीको प्रशिक्षकको जिम्मेवारीमा हुनुहुन्थ्यो ।
नेपाली टोलीका पूर्व प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसको कार्यकाल आठ महिना अघि सकिएपछि नेपाली पुरुष टोली प्रशिक्षकविहीन थियो ।
रोसको प्रशिक्षणमा नेपालले अब एएफसी एसिएन कप छनोट २०२७ को खेल खेल्नेछ । एन्फाले छनोट खेलको तयारीका लागि रोसलाई नियुक्त गरेको हो ।
प्रतिक्रिया दिनुहोस