- त्रिचन्द्र क्याम्पसमा स्ववियु सभापतिका उम्मेदवारले नै लगाए ताला |
- ट्रम्पको आग्रहलाई स्वीकार गर्दै पुटिनले भने- कुर्स्कमा युक्रेनी सेनाले आत्मसमर्पण गर्नुपर्छ |
- राजावादीहरूको प्रदर्शनबारे रास्वपाभित्रै प्रश्न, कसले दिने उत्तर? |
- Holi: The Festival of Colors and Its Cultural Significance in Nepal and India |
- Grand Three-Day Holi Celebration Concludes in Rautahat |
पहिले फ्लप, अहिले कमाइमा रेकर्ड राख्दै सुपरहिट भएको मनछुने प्रेमकथा (युट्युब लिंकसहित)
- गोल्डेन खबर
- २ हप्ता अघि
- २१ पटक पढिएको

सन् २०१६ मा एउटा फिल्म आएको थियो — सनम तेरी कसम।
एरिक सेगालको उपन्यास ‘लभ स्टोरी’ बाट प्रेरित यो फिल्ममा मूलधारका कलाकार थिएनन्। फाट्टफुट्ट तेलेगू फिल्ममा पनि काम गरेका बलिउड अभिनेता हर्षवर्द्धन राणे र पाकिस्तानी अभिनेत्री मावरा होकेनको मुख्य भूमिका थियो।
प्रेम, बलिदान र भाग्य कथामा आधारित ‘सनम तेरी कसम’ त्यो बेला सुपरफ्लप भयो। बीस करोड भारू हाराहारीमा बनेको यो फिल्मले आफ्नो निर्माण खर्च पनि उठाएन।
Laxmi bank
केही वर्ष यो फिल्म गुमनाम रह्यो।
तर सनम तेरी कसम हेरेका दर्शक यसका प्रशंसक थिए। बिस्तारै यसको मार्मिक प्रेमकथा सामाजिक सञ्जालहरूमा लेखिन थाल्यो। फिल्मका गीतहरूका मन छुने शब्द र राम्रो संगीत भएकाले स्रोताहरूले मनपराउन थाले। अनि कलाकारको भावनात्मक अभिनयको पनि चर्चा बढ्यो।
Nchl
Ncell
केही समयपछि यो फिल्म युट्युबमा आयो। झन् धेरै दर्शकमाझ पुग्यो। प्रेम र भावनाको ‘नोस्टालजिया’ मा धेरै दर्शकले फिल्मको सरहाना गरे।
यो सिलसिला चल्दै गर्दा, सन् २०२५ फ्रेबुअरी ७ मा एक्कासि यो फिल्म फेरि सिनेमा हलहरूमा लाग्यो। पहिलो पटक सुपरफ्लप भएको यो फिल्म, ९ वर्षपछि फेरि रिलिज हुँदा सुपरहिट सरह भयो। दोस्रो पटक रिलिज हुँदा यसले करिब ४२ करोड भारू कमाइसकेको छ। योसँगै, पुनः रिलिज गरिएका ‘देवदास’, ‘कभी खुसी कभी गम’, ‘तुम्बाड’, ‘लैला मजनु’ लगायत हिन्दी फिल्ममध्ये सबभन्दा धेरै कमाउने कीर्तिमान यसले बनाएको छ।
पहिले सनम तेरी कसम नहेरेका आमदर्शक, कलाकारदेखि फिल्म निर्माता, निर्देशकले समेत यसको प्रशंसा गरेका छन्। अहिले मूलधारका चर्चित कलाकारका हिट सिनेमा पुनः रिलिज गर्दा सामान्य दर्शक कमाइरहेका छन्। तर सनम तेरी कसमले नयाँ रिलिज भएका फिल्मलाई समेत पछि पारेको छ।
भनिन्छ नि — समय बलवान हुन्छ, आजको हार भोलिको जित बन्न सक्छ! हिजोका दिनमा नराम्रो हारे बेहोरेको ‘सनम तेरी कसम’ को आज शानदार जित भएको छ।
राधिका राव र विनय सप्रुको निर्देशन र लेखनमा बनेको यो फिल्ममा के छ त?
मुख्य पात्र इन्दरलाल परिहार कडा, रिसाहा स्वभावको र समाजका नजरमा बिग्रेको केटा हुन्। गुन्डा छविका इन्दर केटीहरूसँगको सम्बन्धमा पनि इमान देखाउँदैनन्।
उनकै अपार्टमेन्टमा बस्छिन् सरस्वती पार्थसारथी अर्थात् सरू।
परम्परागत सोच भएकी सरू पुस्तकालयमा काम गर्छिन्। उनका बुबा झनै परम्परावादी र प्राचीन सोचका हुन्छन्। सरूलाई घरमा बिहेको दबाब हुन्छ। आफ्नो बिहे नहुँदासम्म बहिनी कावेरीको बिहे हुन नसक्ने भएकाले उनी छिटो बिहे गर्न चाहन्छिन्। कावेरी भने एक युवकसँग प्रेम सम्बन्धमा हुन्छिन्।
फरक स्वभावका भए पनि इन्दर सुरूदेखि नै सरूप्रति आकर्षित हुन्छन्। तर सरू अर्कै केटा अभिमन्यूलाई मनपराउँछिन्।
अभिमन्युले भने उनको खासै मतलब गर्दैनन्। त्यसैले सरूले उनलाई प्रभावित गर्ने योजना बनाउँछिन्। आफ्नो ‘मेकओभर’ गरिदिन इन्दरकै पूर्वप्रेमिका रूबीको सहयोग लिन्छिन्।
तर रूबी र सरूबीच एक भ्रमले झगडा हुन्छ। इन्दरले सरूलाई जोगाउँछन्। छिमेकीहरूले उनीहरूलाई सँगै देखेपछि सम्बन्ध रहेको सोच्छन्। बिग्रेका केटासँग सम्बन्ध राखेको भनेर सरूका बुबाले उनलाई ‘तँ मेरा लागि मरिस्’ भनेर घरबाट निकालिदिन्छन्।
इन्दरले सरूको ख्याल राख्छन्। नयाँ ठाउँमा बस्न मद्दत गर्छन्। केही समयपछि अभिमन्यूले सरूलाई बिहेको प्रस्ताव राख्छन्। सरूले खुसीसाथ प्रस्ताव स्वीकार्छिन् र उनीहरूको बिहेको तयारी सुरू हुन्छ।
के सरूको आफूले मनपराएका केटा अभिमन्यूसँग बिहे होला?
के उनका बुबाले उनलाई घर फिर्ता बोलाऊलान्?
उता सरूलाई मनपराउने इन्दरले के गर्लान्? उनको अतीत के हुन्छ?
यी सबै जान्न फिल्म नै हेर्नुहोला। भारतमा सिनेमा हलहरूमा फेरि लागे पनि तपाईंहरूले यो फिल्म युट्युबमै हेर्न सक्नुहुन्छ।