- मोरङमा आगलागीबाट एक बालिकाको मृत्यु, जल्यो १२ वटा घर (तस्विरहरु) |
- आज हुदै गरेको स्वतन्त्र विद्यार्थी युनियनको मतदानका झलकहरु |
- स्ववियु चुनाव मिति घोषणाको माग गर्दै त्रिचन्द्रमा नेविसंघको प्रदर्शन |
- काठमाडौं विश्वविद्यालयका उपकुुलपतिले लिए शपथ |
- Mumbai Indians Announce Squad for IPL 2025; Hardik Pandya to Lead |
‘सुशान्त केसी लाइभ इन नेपाल कन्सर्ट’ को टाइटल स्पोन्सरमा शाओमी
- गोल्डेन खबर
- २ हप्ता अघि
- ३४ पटक पढिएको

ग्लोबल टेक्नोलोजी लिडर शाओमीले बहुप्रतीक्षित म्युजिकल इभेन्ट ‘सुशान्त केसी लाइभ इन नेपाल कन्सर्ट’ को टाइटल स्पोन्सर बन्ने घोषणा गरेको छ।
चैत २५ गते भक्तपुरको सल्लाघारी ग्राउण्डमा आयोजना हुने यस विशेष कन्सर्टमा शाओमीको सहभागिताले म्युजिक लभर्सहरूलाई थप उत्साहित बनाएको छ।
त्यसैगरी शाओमी नेपालले हालै लोकप्रिय गायक सुशान्त केसी र चर्चित अभिनेत्री आना शर्मालाई आफ्नो आधिकारिक ब्रान्ड एम्बेसडरको रूपमा प्रस्तुत गरेको थियो।
शाओमीको इनोभेसन, सिर्जनशीलता र समुदायसँग नजिक हुने चाहनालाई प्राथमिकता दिँदै कम्पनीले यो भव्य संगीत उत्सवलाई समर्थन गरेको बताएको छ।
सङ्गीत र प्रविधिलाई जोड्ने साझा विचार सहित बनेको शाओमी र सुशान्त केसीको यो सहकार्य नेपाली दर्शकसँग अझ नजिकिन महत्त्वपूर्ण कदम साबित हुने विश्वास गरिएको छ।
यस कन्सर्टले दर्शकहरूलाई अविस्मरणीय अनुभव दिनेछ जहाँ प्रत्यक्ष प्रस्तुतिहरू र शाओमीका नयाँ प्रविधिहरू एकैसाथ झल्किनेछन्।
आगामी दिनमा शाओमी नेपालले अझ रोमाञ्चक अनुभवहरू र प्रविधि–सम्बन्धित कार्यक्रमहरू ल्याउने प्रतिबद्धता जनाएको छ।