इंग्लिस प्रिमियर लिगमा सिटी र युनाइटेडले जित निकाल्दा रोकियो आर्सनल, लिभरपुलपनि विजयी

  • गोल्डेन खबर
  • १ महिना अघि
  • ३५ पटक पढिएको
इंग्लिस प्रिमियर लिगमा सिटी र युनाइटेडले जित निकाल्दा रोकियो आर्सनल, लिभरपुलपनि विजयी

शीर्ष स्थानको लिभरपुलले इंग्लिस प्रिमियर लिगमा बुधवार न्युक्यासल युनाइटेडलाई २-० हराएको छ ।

घरेलु मैदान एनफिल्डमा लिभरपुललाई जित दिलाउन डोमोनिक स्जोबोस्जलाइ र एलेक्सिस म्याक एलिस्टरले गोल गरे ।

खेलको ११औं मिनेटमा स्जोबोस्जलाइको गोलमार्फत लिभरपुलले सुरुवाती अग्रता लिएको थियो । ६३औं मिनेटमा एलिस्टरले टोलीको अग्रता दोब्बर बनाए ।

लिभरपुल २८ खेलमा ६७ अंक पुगेको छ । न्युक्यासल २७ खेलबाट ४४ अंकका साथ छैटौं स्थानमा छ ।

अन्य खेलमा म्यानचेस्टर युनाइटेडले रेलिगेसन जोनमा रहेको इप्स्वीच टाउनलाई ३-२ र म्यानचेस्टर सिटीले टोटनहमलाई १-० ले पराजित गर्यो ।

यसैगरी आर्सनल नटिङ्घम फरेस्टसँग गोलरहित तथा ब्रेन्टफोर्ड एभरर्टनसँग १-१ को बराबरीमा रोकिए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित