- मोरङमा आगलागीबाट एक बालिकाको मृत्यु, जल्यो १२ वटा घर (तस्विरहरु) |
- आज हुदै गरेको स्वतन्त्र विद्यार्थी युनियनको मतदानका झलकहरु |
- स्ववियु चुनाव मिति घोषणाको माग गर्दै त्रिचन्द्रमा नेविसंघको प्रदर्शन |
- काठमाडौं विश्वविद्यालयका उपकुुलपतिले लिए शपथ |
- Mumbai Indians Announce Squad for IPL 2025; Hardik Pandya to Lead |
लिभरपुलको सहज जित
- गोल्डेन खबर
- २ हप्ता अघि
- ३० पटक पढिएको

शीर्ष स्थानको लिभरपुलले इङ्ग्लिस प्रिमियर लिग(इपिएल) मा सहज जित हात पारेको छ ।
बिहीवार भएको खेलमा लिभरपुलले न्युक्यासल युनाइटेडविरुद्ध २-० को सहज जित दर्ता गरेको हो । घरेलु मैदान एनफिल्डमा लिभरपुललाई जित दिलाउन डोमोनिक स्जोबोस्जलाइ र एलेक्सिस म्याक एलिस्टरले गोल गरे ।
खेलको ११औं मिनेटमा स्जोबोस्जलाइको गोलमार्फत लिभरपुलले सुरुवाती अग्रता लिएको थियो । ६३औं मिनेटमा एलिस्टरले टोलीको अग्रता दोब्बर बनाए ।
त्यसपछि दुवै टोलीबाट थप गोल निस्कन नसक्दा लिभरपुलले सहज जित दर्ता गर्यो । जितसँगै लिभरपुल २८ खेलमा ६७ अंकका साथ शीर्ष स्थानमा छ । पराजित न्युक्यासल २७ खेलबाट ४४ अंकका साथ छैटौं स्थानमा छ ।
लिगअन्तर्गत सम्पन्न अन्य खेलमा म्यानचेस्टर युनाइटेडले रेलिगेसन जोनमा रहेको इप्स्वीच टाउनलाई ३-२ र म्यानचेस्टर सिटीले टोटनहमलाई १-० ले पराजित गर्यो । यसैगरी आर्सनल नटिङ्घम फरेस्टसँग गोलरहित तथा ब्रेन्टफोर्ड एभरर्टनसँग १-१ को बराबरीमा रोकिए ।