विराटले तोडे सचिनको कीर्तिमान

  • गोल्डेन खबर
  • १ महिना अघि
  • ३३ पटक पढिएको
विराटले तोडे सचिनको कीर्तिमान

भारतीय क्रिकेट टिमका पुर्व कप्तान विराट कोहलीले महान् क्रिकेटर सचिन तेन्दुल्करको कीर्तिमान तोडेका छन् ।

कोहलीले आइतवार पाकिस्तानविरुद्धको च्याम्पियन्स ट्रफीमा खेलमा सबैभन्दा कम इनिङमा १४ हजार ओडिआई रन बनाउँने सचिनको कीर्तिमान तोडेका हुन् । कोहलीले २ सय ८७ इनिङमा १४ हजार रन पूरा गर्ने कीर्तिमान बनाएका हुन् । यसअघि सचिनले ३ सय ५० इनिङमा १४ हजार ओडिआई रन बनाई कीर्तिमान बनाएका थिए ।

कोहलीले सचिनले भन्दा ६३ कम इनिङमा १४ हजार रन बनाएका थिए । भारतले पाकिस्तानविरुद्ध २ सय ४२ रनको लक्ष्य पछ्याउने क्रममा कोहलीले यो कीर्तिमान बनाएका हुन् । कोहलीले यस खेलमा शतक पूरा गर्दै खेल जिताएका थिए ।

कोहली एकदिवसीय क्रिकेटमा १४ हजार रन बनाउने तेस्रो ब्याट्सम्यान बनेका छन् । कोहली अघि भारतका सचिन र श्रीलंकाका कुमार संगाकारा ओडिआई क्रिकेटमा १४ हजार रन बनाएका थिए ।

समग्रमा विराट ओडिआई क्रिकेटमा सर्वाधिक रन बनाउने खेलाडीको सूचीमा तेस्रो स्थानमा छन् । भारतका सचिन १८ हजार ४ सय २६ रनका साथ शीर्ष स्थानमा छन् । श्रीलंकाका संगाकारा १४,२३४ रनको साथ दोस्रो स्थानमा छन् ।

विराटको नाममा ओडिआई क्रिकेटमा सर्वाधिक शतक बनाउने कीतिमान पनि छ । विराट हालसम्म ओडिआई क्रिकेटमा ५१ शतक प्रहार गरिसकेका छन् । विराटले सन् २०२३ को ओडिआई विश्व कपमा सचिनको ४९ शतकको कीर्तिमान तोडेका थिए ।

पाकिस्तानविरुद्धको खेलमा विराटले ओडिआई क्रिकेटमा भारतका लागि फिल्डरका रुपमा सर्वाधिक क्याच लिने कीर्तिमान समेत बनाएका थिए ।

  • 1
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित