FLASH NEWS
  • Loading...

भिल्लाले चेल्सीलाई हरायो

  • गोल्डेन खबर
  • १ महिना अघि
  • ४५ पटक पढिएको
भिल्लाले चेल्सीलाई हरायो

इंग्लिस प्रिमियर लिगमा शनिवार एस्टन भिल्लाले चेल्सीलाई २-१ ले पराजित गरेको छ ।

अग्रता जोगाउन नसक्दा चेल्सी पराजित भयो। घरेलुु टोली भिल्लाका लागि दुवै गोल मार्को असेन्सियोले गरे । चेल्सीका एन्जो फर्नान्डेजले गोल गरे ।

नवौं मिनेटमा फर्नान्डेजले गोल गरेपछि चेल्सी पहिलो हाफमा १-० अघि रह्यो। ५७औं मिनेटमा असेन्सियोले बराबरी गोल गरे । खेल सकिन एक‌ मिनेट बाँकी रहँदा असेन्सियोले भिल्लाका लागि निर्णायक गोल गरे ।

जितसँगै भिल्ला २७ खेलमा ४२ अंकका साथ सातौं स्थानमा छ । १ खेल कम खेलको चेल्सी ४३ अंकका साथ छैठौं स्थानमा छ । लिभरपुल २६ खेलमा ६१ अंकका साथ शीर्ष स्थानमा छ ।

शनिवारै भएका अन्य खेलमा वेस्ट ह्याम आर्सनललाई र वल्भ्सले बर्नमाउथलाई समान १-० ले हरायो । ब्राइटनले साउथह्याम्पटनलाई ४-० ले, टोटनहम ह्ट्स्पटरले इप्स्विच टाउनलाई ४-१ ले पराजित गर्यो । एभर्टन र म्यानचेस्टर युनाईटेड २-२ को बराबरीमा रोकिए ।

  • 1
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित