- Loading...
च्याम्पियन्स ट्रफीमा भारत र पाकिस्तान भिड्दै
- गोल्डेन खबर
- १ महिना अघि
- ३८ पटक पढिएको

च्याम्पियन्स ट्रफी २०२५ को दोस्रो राउण्डको पहिलो खेलमा भारत र पाकिस्तान भिड्दै छन् ।
युएईको दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा नेपाली समय अनुसार खेल दिउँसो २ः४५ बजे सुरु हुनेछ । भारतले पाकिस्तानमा खेल्न अस्विकार गरेपछि उसका सबै खेल युएईमा भइरहेको छ ।
पाकिस्तानले गत संस्करणको फाइनलमा भारतलाई नै पराजित गरेको थियो । पाकिस्तान १ सय ८० रनको जित निकाल्दै च्याम्पियन बनेको थियो।।
पहिलो खेलमा न्युजिल्याण्डसँग फराकिलो अन्तरले पराजित भएको पाकिस्तानले सेमिफाइनल सम्भावनालाई जीवित राख्न आजको खेलमा जित्नै पर्ने हुन्छ ।
पहिलो खेलमा बंगलादेशलई हराएको भारत यो खेल जितेर सेमिफाइनल सम्भावना बलियो बनाउँन चाहन्छ ।
पाकिस्तानसँगको पछिल्लो ओडिआई भेटमा भारत विजयी भएको थियो । सन् २०२३ मा आइसिसी पुरुष क्रिकेट विश्व कपमा भारतले पाकिस्तानलाई ७ विकेटले पराजित गरेको थियो ।
गत वर्ष आइसिसी पुरुष टि ट्वान्टी विश्व कपमा पनि यी दुई टोली आमनेसामने भएका थिए । जहाँ भारतले पाकिस्तानलाई ६ रनले हराएको थियो ।
भारत र पाकिस्तानबीच भएका विश्वकप, च्याम्पियन्स ट्रफी र एसिया कपका पछिल्ला ११ ओडिआई खेलमध्ये ९ मा भारतले तथा ३ मा पाकिस्तानले जितेको थियो ।
च्याम्पियन्स ट्रफीमा भारत र पाकिस्तानबीच ५ खेल भएका छन् । जसमा पाकिस्तानले सन् २०१७ को फाइनलसहित ३ खेलमा जितेको थियो ।
इमाम उल हकलाई पाकिस्तानका फखर जमानको स्थानमा टोलीमा समावेश गरिएको छ । फखर न्युजिल्याण्डसँगको पहिलो खेलका क्रममा घाइते भएका थिए ।
पाकिस्तानको टोली
मोहम्मद रिजवान (कप्तान), बाबर आजम, फखर जमान, कामरान गुलाम, सऊद शकील, तैयब ताहिर, फहीम अशरफ, खुशदिल शाह, सलमान अली आगा, उस्मान खान, अबरार अहमद, हारिस रउफ, मोहम्मद हसनैन, नसीम शाह, शाहीन शाह अफ्रिदी ।
भारतको टोली
रोहित शर्मा (कप्तान), शुभमन गिल, विराट कोहली, श्रेयस अय्यर, लोकेश राहुल, ऋषभ पंत, हार्दिक पांड्या, अक्षर पटेल, वाशिंगटन सुंदर, कुलदीप यादव, हर्षित राणा, मोहम्मद शमी, अर्शदीप सिंह, रविंद्र जडेजा, वरुण चक्रवर्ती