उपप्रधानमन्त्री सिंहसँग जापानी राजदूत मायदाको भेट

  • गोल्डेन खबर
  • ३ हप्ता अघि
  • २८ पटक पढिएको
उपप्रधानमन्त्री सिंहसँग जापानी राजदूत मायदाको भेट

उपप्रधान एवम् सहरी विकास मन्त्री प्रकाशमान सिंहसँग नेपालका लागि जापानी राजदूत तोरु मायदाले शिष्टाचार भेट गर्नुभएको छ । सहरी विकास मन्त्रालयमा बिहीबार भएको भेटमा द्विपक्षीय हित र आपसी सहकार्यका विषयमा कुराकानी भएको छ ।

उपप्रधानमन्त्री सिंहसँगको भेटमा नेपाल र जापानबिचको सम्बन्धलाई थप उचाइमा पुर्‍याउन सहकार्यलाई वृद्धि गर्ने बारेमा छलफल भएको भेटपछि नेपालस्थित जापानी राजदूतावासले जनाएको छ ।

  • 1
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित