- सांसद प्रकाश ज्वालाले लोक सेवामा ६ पटकभन्दा बढी परीक्षा दिन निषेध गर्ने गरी कानूनी व्यवस्था गरिन लागेको हो भने त्यो गलत भएको बताए |
- पूर्वराजाले गाडीमा उभिएर ताली खाँदै हिँड्नु शोभनीय भएन: कृष्ण सिटौला |
- अमेरिकी डलरको भाउ स्थिर हुँदा अस्ट्रेलियन डलर बढ्यो, घट्यो युरो |
- रा-सो-पाका डोलप्रसाद अर्यालद्वारा वैदेशिक रोजगारीमा जाने श्रमिकहरूलाई सम्झौताअनुसार पारिश्रमिक दिलाउन सरकारको ध्यानाकर्षण |
- पाथीभरा केबलकार बनाउने प्रक्रियामै संलग्न दल अहिले विरोधमा छन्: गृहमन्त्री लेखक |
लेबनानलाई हराउँदै नेपाल एक खेल अगाडि फाइनलमा
- गोल्डेन खबर
- ३ हप्ता अघि
- २६ पटक पढिएको

काठमाडौँ, फागुन ८ गते । नेपाल ‘फोर नेसन्स कप’ अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । दशरथ रङ्गशालामा बिहीबार भएको खेलमा नेपालले लेबनानलाई १–० गोलले हरायो ।
नेपाल एक खेल अगाडि फाइनलमा पुगेको हो । नेपालको कठिन जितमा सावित्रा भण्डारी ‘साम्बा’ ले ४२ औँ मिनेटमा गोल गर्नुभयो । खेलमा लेबनानले पनि दुई वटा गोल गर्ने राम्रा अवसर गुमाएको थियो । इन्जुरी समयमा लेबनानको प्रहार बारमा लागेको थियो ।
नेपालले आफ्नो पहिलो खेलमा कीर्गिस्तानलाई १–० गोलले हराएको थियो । नेपालको जितसँगै म्यानमार पनि एक खेल अगाडि नै फाइनलमा पुगेको छ । म्यानमारले बिहीबार नै कीर्गिस्तानलाई ५–० गोलले हराएको थियो । लगातार दोस्रो जितसँगै नेपाल र म्यानमारले ६–६ अङ्क बनाए ।
म्यानमारले पहिलो खेलमा लेबनानलाई ३–१ गोलले हराएको थियो । चार देशसम्मिलित प्रतियोगितामा कीर्गिस्तान र लेबनान बाहिरिएको छ ।एन्फाले यस प्रतियोगितालाई आगामी एएफसी महिला एसियन कप–२०२६ छनोट र फिफा महिला विश्वकप–२०२७ को छनोटको तयारीको रूपमा लिएको छ ।