- मोरङमा आगलागीबाट एक बालिकाको मृत्यु, जल्यो १२ वटा घर (तस्विरहरु) |
- आज हुदै गरेको स्वतन्त्र विद्यार्थी युनियनको मतदानका झलकहरु |
- स्ववियु चुनाव मिति घोषणाको माग गर्दै त्रिचन्द्रमा नेविसंघको प्रदर्शन |
- काठमाडौं विश्वविद्यालयका उपकुुलपतिले लिए शपथ |
- Mumbai Indians Announce Squad for IPL 2025; Hardik Pandya to Lead |
छोरासँग खेलेर मात्र सन्न्यास लिने नाबीको संकेत
- गोल्डेन खबर
- ४ हप्ता अघि
- ३४ पटक पढिएको

अफगानिस्तानका अलराउन्डर मोहम्मद नाबीले आफ्ना छोरा हसन इसाखिलसँग अन्तर्राष्ट्रिय क्रिकेट खेलेर मात्र सन्न्यास लिने संकेत गरेका छन् ।
आइसिसीसँग कुरा गर्दै नाबीले तत्काल क्रिकेटबाट सन्न्यास नलिने र आफ्ना छोरा हसनसँग अन्तर्राष्ट्रिय क्रिकेट खेल्ने मनशाय रहेको संकेत दिएका हुन् ।
४० वर्षीय नाबीले गत वर्ष नोेम्बरमा च्याम्पियन्स ट्रफीको अन्त्यमा ओडिआई क्रिकेटबाट सन्यास लिने बताएका थिए । नाबीले आइसिसीसँग भने, ‘यो मेरो अन्तिम ओडिआई नहुन सक्छ । म सम्भवतः कम ओडिआई खेल्नेछु । युवा खेलाडीलाई अनुभव बटुल्ने मौका दिनेछु ।’
नाबीका १८ वर्षीय छोरा इसाखिलले गत वर्ष यु–१९ विश्वकपमा अफगानिस्तानको प्रतिनिधित्व गरेका थिए ।
बुधवार सुरु हुने च्याम्पियन्स ट्रफीको समूह ‘बी’ मा अफगानिस्तानसँगै इङ्ग्ल्याण्ड, अस्ट्रेलिया र दक्षिण अफ्रिका छन् ।
सन् २०२३ को ओडिआई विश्वकपमा शीर्ष आठ टोलीमा पर्न सफल भएपछि अफगानिस्तानले पहिलो पटक यस प्रतियोगितामा खेल्न लागेको हो । अफगानिस्तान सन् २०२४ को टि ट्वान्टी विश्वकपमा पनि सेमिफाइनलमा पुगेको थियो ।
‘च्याम्पियन्स ट्रफीको तयारी राम्रो भएको छ,’ नाबीले भने ‘म बंगलादेश प्रिमियर लिग (बिपिएल) मा व्यस्त थिएँ, त्यहाँ च्याम्पियन भयाै । मैले अबुधाबीमा राष्ट्रिय टोलीसँग तीन सत्र गरे । त्यसैले म राम्रो लयमा छु।’
‘बिपिएल जित्दा फाइनलमा कठिन स्थितिबाट मलाई थप आत्मविश्वास मिलेको थियो । हामीले वास्तवमै राम्रो प्रदर्शन गर्यौं र मेरो प्रदर्शन पनि राम्रो थियो। बलिङ र ब्याटिङ पनि राम्रो भयो। मैले ४ वा ५ खेल जित्न मद्दत गरें ।’
अफगानिस्तानले प्रतियोगिताका लागि १५ सदस्यीय टोलीमा एक परिवर्तन गर्दै घाइते अल्लाह गजान्फरको स्थानमा बायाँ हाते स्पिनर नांगेयालिया खारोटेलाई टोलीमा समावेश गरेको थियो ।
‘गजान्फर एक युवा खेलाडी हुन् । उनके दुई वर्षदेखि निकै राम्रो प्रदर्शन गरिरहेका छन्,’ नाबीले भने ‘उनी निकै राम्रा स्पिनरका साथै राम्रो फिल्डर पनि हुन् । उनले शारजाहमा दक्षिण अफ्रिका र आयरल्याण्डविरुद्ध निकै राम्रो बलिङ गरेका थिए ।’
अफगानिस्तानले फेब्रुअरी २१ मा कराँचीमा दक्षिण अफ्रिकासँग खेल्दै च्याम्पियन्स ट्रफीको आफ्नो यात्रा सुरु गर्नेछ