- Loading...
आयुष पोखरा थन्डर्सको कप्तान
- गोल्डेन खबर
- १ महिना अघि
- ५८ पटक पढिएको

नेपाल सुपर लिग (एनएसएल) क्लब पोखरा थन्डर्सले स्टार खेलाडी आयुष घलानलाई कप्तानको जिम्मेवारी दिएको छ ।
अघिल्लो सिजन पोखराका लागि उत्कृष्ट प्रदर्शन गरेका आयुषले यो सिजन पोखराको कप्तान गर्ने थन्डर्सले जनाएको छ ।
आयुष एनएसएलको पहिलो सिजनमा ट्यालेन्ट हन्टबाट पोखरामा अनुबन्ध भएका थिए । दोस्रो सिजनमा उनी पोखराको मार्की खेलाडी रहेका थिए ।
पोखराका अध्यक्ष तथा निर्देशक जामलिङ घलेले उनलाई कप्तानको जिम्मेवारी सुम्पेका हुन् । आयुषले कप्तानको जिम्मेवारी पाउँदा खुसी लागेको बताएका छन् ।
‘मलाई विश्वास गरेर कप्तानको जिम्मेवारी दिएकोमा पोखरा थन्डर्सलाई धन्यवाद दिन चाहन्छु । मैले पोखरालाई सफलता दिलाउन भरपुर मेहनत गर्नेछु,’ आयुषले भने ।
आयुषले अघिल्लो सिजन पोखराबाट खेल्दै २ गोल गरेका थिए । पोखराले यसअघि आफ्नो प्रशिक्षकमा सुमन श्रेष्ठलाई नियुक्त गरिसकेको छ । पोखराले आफ्नो मार्की खेलाडी भने मंगलबार सार्वजनिक गर्ने जनाएको छ ।