टोटेनहमले म्यानचेस्टर युनाइटेडलाई हरायो

  • गोल्डेन खबर
  • ४ हप्ता अघि
  • ३७ पटक पढिएको
टोटेनहमले म्यानचेस्टर युनाइटेडलाई हरायो

इंग्लिस प्रिमियर लिग अन्तर्गत आइतबार भएको खेलमा टोटेनहम हट्सपरले म्यानचेस्टर युनाइटेडलाई पराजित गरेको छ ।

घरेलु मैदानमा टोटेनहमले १-० को जित दर्ता गरेको हो । स्पर्सको जितमा मिडफिल्डर जेम्स म्याडीसनले पहिलो हाफमा गरेको गोल नै निर्णायक सावित भयो । उनले खेलको १३ औं मिनेटमा गोलरक्षक आन्द्रे ओनानाले लुकास बर्ग्वलको प्रहार बचाउने क्रममा फर्काएको बललाई गोलमा परिणत गरेका थिए ।

यस जितसँगै टोटेनहम अंक तालिकाको १२ औं स्थानमा उक्लिएको छ । टोटेनहमको २५ खेलमा ३० अंक रहेको छ । युनाइटेड भने २९ अंकका साथ १५ औं स्थानमा छ ।

लिभरपुलले आज भएको पहिलो खेलमा वल्भ्सलाई २-१ ले हराएको थियो । लिभरपुलका लागि लुइस डियाज र मोहमद सलाहले गोल गर्दा वल्भ्सका माथिअस कुन्हाले सान्त्वना गोल फर्काए ।

लिभरपुल ६० अंकका साथ शीर्षस्थानमा छ । दोस्रो स्थानको आर्सनलको ५३ अंक रहेको छ ।

  • 1
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित