FLASH NEWS
- Loading...
सिटीको जितमा मार्मुसको ह्याट्रिक
- गोल्डेन खबर
- १ महिना अघि
- ३४ पटक पढिएको

ओमर मार्मुसको ह्याट्रिकमा म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा न्युक्यासल युनाइटेडमाथि सानदार जित निकालेको छ ।
सिटीले शनिवार न्युक्यासललाई ४–० ले पराजित गरेको हो । सिटीको मैदानमा भएको खेलमा सिटीको जितमा जेम्स मेकाटीले अर्को गोल थपे ।
मार्मुसले खेलको १९औं, २४औं र ३३औं मिनेटमा गोल गरे । मेटाकीले ८४औं मिनेटमा गोल गर्दै सिटीको जितलाई थप सहज बनाए ।
सिटीले २५ खेलबाट ४४ अंकका साथ चौथो स्थानमा छ । न्युक्यासल २५ खेलमा ४१ अंकका साथ सातौं स्थानमा छ । ५७ अंकका साथ लिभरपुल शीर्षस्थानमा छ ।
शनिवारका अन्य खेलमा आर्सनलले लेस्टरलाई २-० ले, वेस्ट ह्याम ब्रेन्टफोर्डले वेस्ट ह्यामलाई १-०, बर्नमाउथले साउथह्याम्पटनलाई ३-१, फुलहमले नटिङघम फरेस्टलाई २-१ र एभर्टनले क्रिस्टल प्यालेसलाई २-१ ले हराएको छ। एस्टन भिला र इप्स्विचले १-१ को बराबरी खेले ।
प्रतिक्रिया दिनुहोस