FLASH NEWS
  • Loading...

आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण

  • गोल्डेन खबर
  • १ महिना अघि
  • ३९ पटक पढिएको
आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण

नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ।

राष्ट्र बैंकका अनुसार अमेरिकी डलरको मूल्य स्थिर रही एकको खरिददर १३८ रूपैयाँ ७४  पैसा र बिक्रीदर १३९ रूपैयाँ ३४ पैसा कायम भएको छ।

युरोपियन युरो एकको खरिदर १४४ रूपैयाँ ५६ पैसा र बिक्रीदर १४५ रूपैयाँ १९ पैसा तोकिएको छ। युरोको मूल्य बिहीबारको तुलनामा शुक्रबार बढेको हो।

बिहीबार युरो एकको खरिदर १४४ रूपैयाँ ०६ पैसा र बिक्रीदर १४४ रूपैयाँ ६८ पैसा थियो।

अस्ट्रेलियन डलरको भाउ भने आज घटेको छ। राष्ट्र बैंकका अनुसार अस्ट्रेलियन डलर एकको खरिददर ८६ रूपैयाँ ९५ पैसा र बिक्रीदर ८७ रूपैयाँ ३२ पैसा तोकिएको छ। बिहीबार एकको खरिददर ८७ रूपैयाँ १६ पैसा र बिक्रीदर ८७ रूपैयाँ ५३ पैसा

यस्तै, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १७३ रूपैयाँ २७ पैसा र बिक्रीदर १७४ रूपैयाँ ०२ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १५२ रूपैयाँ ९७ पैसा र बिक्रीदर १५३ रूपैयाँ ६४ पैसा कायम गरिएको छ । क्यानेडियन डलर एकको खरिददर ९७ रूपैयाँ ०८ पैसा र बिक्रीदर ९७ रूपैयाँ ५० पैसा, सिङ्गापुर डलर एकको खरिददर १०२ रूपैयाँ ८४ पैसा र बिक्रीदर १०३ रूपैयाँ २८ निर्धारण गरिएको छ ।

जापानी येन १० को खरिददर नौ रूपैयाँ ०२ पैसा र बिक्रीदर नौ रूपैयाँ ०६ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रूपैयाँ ०२ पैसा र बिक्रीदर १९ रूपैयाँ १० पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रूपैयाँ ९९ पैसा र बिक्रीदर ३७ रूपैयाँ १५ पैसा, कतारी रियाल एकको खरिददर ३८ रूपैयाँ ०५ पैसा र बिक्रीदर ३८ रूपैयाँ २२ पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रूपैयाँ १० पैसा र बिक्रीदर चार रूपैयाँ १२ पैसा, युएई दिराम एकको खरिददर ३७ रूपैयाँ ७७ पैसा र बिक्रीदर ३७ रूपैयाँ ९४ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३१ रूपैयाँ १४ पैसा र बिक्री दर ३१ रूपैयाँ २८ पैसा, साउथ कोरियन वन १०० को खरिददर नौ रूपैयाँ ५७ पैसा र बिक्रीदर नौ रूपैयाँ ६२ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १२ रूपैयाँ ८० पैसा र बिक्रीदर १२ रूपैयाँ ८६ पैसा र डेनिस क्रोनर एकको खरिददर १७ रूपैयाँ ८१ पैसा र बिक्री दर १७ रूपैयाँ ८९ पैसा तोकिएको छ । राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १७ रूपैयाँ ८१ पैसा र बिक्रीदर १७ रूपैयाँ ८९ पैसा, कुवेती दिनार एकको खरिददर ४४९ रूपैयाँ ३२ पैसा र बिक्रीदर ४५१ रूपैयाँ २६ पैसा, बहराइन दिनार एकको खरिददर ३६८ रूपैयाँ १० पैसा र बिक्रीदर ३६९ रूपैयाँ ६९ पैसा र ओमनी रियाल एकको खरिददर ३६० रूपैयाँ ३५ पैसा र बिक्रीदर ३६१ रूपैयाँ ९१ पैसा निर्धारण भएको छ ।

 यस्तै, भारतीय रूपैयाँ १०० को खरिददर १६० रूपैयाँ र बिक्रीदर १६० रूपैयाँ १५ पैसा तोकिएको  छ । राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित