FLASH NEWS
  • Loading...

सेयर बजार परिसूचक आज सामान्य बढेर २६८५.७३ विन्दुमा

  • गोल्डेन खबर
  • १ महिना अघि
  • ३३ पटक पढिएको
Post Thumbnail

काठमाडौं । सेयर बजार परिसूचक आज सामान्य बढेको छ । साताको चौथो दिन बुधबार बजार परिसूचक नेप्से १.८६ अंकले बढेर २६८५.७३ विन्दुमा पुगेको हो । आज बजारमा करिब ८ अर्ब ७२ करोड रुपैयाँ बराबरको शेयर कारोबार भयो । 

बजारमा आज १२४ कम्पनीको मूल्य बढेको छ । ९९ कम्पनीको मूल्य घट्दा ११ कम्पनीको मूल्यउ स्थिर रहेको छ । 

समूहगत रुपमा हेर्दा विकास बैंक, फाइनान्स, लगानी र जीवन बीमा समूहको परिसूचक बढ्दा अन्य समूहका परिसूचक घटेका छन् । सबैभन्दा धेरै गिरावट व्यापारमूलक समूहमा भएको छ । 

बजारमा आज गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको सेयरमा सकारात्मक सर्किट लाग्दा उपकार लघुवित्त र सुपर मादी हाइड्रोपावरको मूल्यमा नकारात्मक सर्किट लागेको छ । 

कारोबारका आधारमा आज एनआरएन इन्फास्ट्रक्चर सबैभन्दा अगाडि रह्यो । कारोबार रकममा तेस्रो रहेको रिभर फल हाइड्रोपावर कारोबार संख्याको आधारमा पहिलो स्थानमा रहेको देखिन्छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित