FLASH NEWS
- Loading...
एन्जिला आज स्वदेश आउँदै
- गोल्डेन खबर
- १ महिना अघि
- २८ पटक पढिएको

नेपाली राष्ट्रिय फुटबल टोलीकी कप्तान तथा गोलकिपर एन्जिला तुम्बापो सुब्बा ग्रिसबाट आज स्वदेश आइपुग्दै छिन्।
अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार एन्जिला आज दिउँसो १:०० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछिन् ।
एन्जिला ग्रिसको निस अट्रोमिटौबाट व्यवसायीक फुटबल खेल्दै आएकी छिन् । अर्को साता सुरु हुने इन्टरनेसनल उमन्स च्याम्पियनसिपका लागि उनी स्वदेश फर्कन लागेकी हुन्।
राष्ट्रिय टोलीकी फरवार्ड रेखा पौडेल दुबईबाट शनिवार र सावित्रा भण्डारी ‘साम्बा’ फ्रान्सबाट फागुन ५ गते स्वदेश आइपुग्ने एन्फाले जनाएको छ।
फागुन ५ गतेबाट नै च्याम्पियनसिप सुरु हुनेछ। च्याम्पियनसिपमा नेपालसहित म्यानमार, कीर्गिस्तान र लेबननको सहभागिता रहनेछ।
प्रतिक्रिया दिनुहोस