- Loading...
स्मिथको कप्तानीमा अस्ट्रेलियन टोलीको घोषणा
- गोल्डेन खबर
- १ महिना अघि
- ३१ पटक पढिएको

अर्को साता सुरु हुने च्याम्पियन्स ट्रफीका लागि स्टिभ स्मिथको कप्तानीमा अस्ट्रेलिया क्रिकेट टोलीको घोषणा भएको छ ।
अस्ट्रलियन क्रिकेट बोर्डले बुधवार १५ सदस्यीय अन्तिम टोलीको घोषणा गरेको हो । प्राम्भिक टोलीमा रहेका ५ खेलाडी अन्तिम टोलीमा परेनन्।
प्रारम्भिक टोलीमा रहेका कप्तान प्याट कमिन्स, जोस हेजलवुड र अलराउन्डर मिचेल मार्स यसअघि नै टोलीबाट बाहिरिएका थिए । यसै महिनाको सुरुमा मार्कस स्टोइनिसले सन्यास लिएका थिए । अन्तिम समयमा मिचेल स्टार्कले पनि व्यक्तिगत कारण देखाउँदै नाम फिर्ता लिएका छन् ।
अन्तिम रुपमा घोषित अस्ट्रेलिया च्याम्पियन्स ट्रफी टोलीमा सिन एबोट, बेन डारसुइस, जेक फ्रेजर म्याकगर्क, स्पेन्सर जोन्सन र तनविर संघालाई समावेश गरिएको छ ।
च्याम्पियन्स ट्रफी समूह बी मा रहेको अस्ट्रेलियाले इङ्ग्ल्याण्डसँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ ।
अस्ट्रेलियन टोली
स्टिभ स्मिथ (कप्तान), सिन एबोट, एलेक्स केरी, बेन डारसुइस, नाथन एलिस, जेक फ्रेजर म्याकगर्क, आरोन हार्डी, ट्राभिस हेड, जोस इंग्लिस, स्पेन्सर जोनसन, मार्नस लाबुशेन, ग्लेन म्याक्सवेल, तनविर संघा, म्याथ्यु सर्ट र एडम जाम्पा
Share this News:
Facebook0