- त्रिचन्द्र क्याम्पसमा स्ववियु सभापतिका उम्मेदवारले नै लगाए ताला |
- ट्रम्पको आग्रहलाई स्वीकार गर्दै पुटिनले भने- कुर्स्कमा युक्रेनी सेनाले आत्मसमर्पण गर्नुपर्छ |
- राजावादीहरूको प्रदर्शनबारे रास्वपाभित्रै प्रश्न, कसले दिने उत्तर? |
- Holi: The Festival of Colors and Its Cultural Significance in Nepal and India |
- Grand Three-Day Holi Celebration Concludes in Rautahat |
चेल्सीकी स्टार स्ट्राइकर केर निर्दोष ठहर
- गोल्डेन खबर
- १ महिना अघि
- ३४ पटक पढिएको

चेल्सीकी स्टार स्ट्राइकर साम केरलाई बेवकुफ र सेतो भनेपछि जातीय रूपमा उत्प्रेरित दुर्व्यवहारको आरोपबाट अदालतले निर्दोष ठहर गरेको छ।
किङ्स्टन क्राउन अदालतको ज्यूरीले ३० जनवरी २०२३ मा दक्षिण-पश्चिम लन्डनको ट्विकेनहममा भएको घटनासँग सम्बन्धित मुद्दामा केरलाई सफाइ दिएको हो।
३१ वर्षीया केरले आफूलाई प्रहरीले उक्साएको बताएकी छन्। उनलाई एक ट्याक्सी चालकले विवादपछि प्रहरी कार्यालयमा लगेको थियो।
अष्ट्रेलियन अन्तर्राष्ट्रिय खेलाडी केरले प्रहरी अधिकृत स्टेफन लोभेललाई सो शब्द भनेको अस्वीकार नगरे पनि उनले यो जातीय अपमान नभएको दाबी गरिन्।
ज्यूरीले चार घण्टा छलफल गरेपछि उनलाई सफाइ दिएको हो। फैसला पछि जारी गरिएको वक्तव्यमा केरले आफ्ना समर्थक, परिवार र साथीहरूलाई धन्यवाद दिएकी छन्। यो कठिन समयलाई छोड्न पाउँदा राहत महसुस गरेको पनि उनले बताएकी छन्।
सो रात आफ्नो लागि निकै तनावपूर्ण थियो र व्यक्त गर्ने तरिका राम्रो नभएकोमा माफी माग्दै केरले कहिल्यै कसैलाई अपमान वा चोट पुर्याउने उद्देश्य नराखेको स्पष्ट पारिन्। ज्यूरीले सर्वसम्मत रूपमा त्यसलाई स्वीकार गरेकोमा आभार पनि व्यक्त गरिन्।
साथै अब मैदानमा फर्किन र आगामी वर्षका चुनौतीहरू सामना गर्न ध्यान केन्द्रित गर्ने पनि उनले भनेकी छन्।
फुटबल अस्ट्रेलियाले पनि एक विज्ञप्ति जारी गर्दै फैसलालाई स्वीकार गरेको छ र केरलाई सधैं समर्थन गर्दै आएको बताएको छ।