- त्रिचन्द्र क्याम्पसमा स्ववियु सभापतिका उम्मेदवारले नै लगाए ताला |
- ट्रम्पको आग्रहलाई स्वीकार गर्दै पुटिनले भने- कुर्स्कमा युक्रेनी सेनाले आत्मसमर्पण गर्नुपर्छ |
- राजावादीहरूको प्रदर्शनबारे रास्वपाभित्रै प्रश्न, कसले दिने उत्तर? |
- Holi: The Festival of Colors and Its Cultural Significance in Nepal and India |
- Grand Three-Day Holi Celebration Concludes in Rautahat |
स्मिथको कप्तानीमा च्याम्पियन्स ट्रफीलाई अस्ट्रेलेलियन टोली घोषणा
- गोल्डेन खबर
- १ महिना अघि
- ३६ पटक पढिएको

स्टिभ स्मिथको कप्तानीमा आगामी साताबाट सुरु हुने च्याम्पियन्स ट्रफीका लागि अस्ट्रेलियाको टिम घोषणा भएको छ ।
अस्ट्रलियन क्रिकेट बोर्डले बुधवार स्मिथको कप्तानीमा १५ सदस्यीय अन्तिम टोलीको घोषणा गरेको हो । प्राम्भिक टोलीमा रहेका ५ खेलाडी अन्तिम अस्ट्रेलियन टोलीमा रहेका छैनन् ।
प्रारम्भिक टोलीमा रहेका कप्तान प्याट कमिन्स, जोस हेजलवुड र अलराउन्डर मिचेल मार्श यसअघि नै टोलीबाट बाहिरिएका थिए । यसै महिनाको सुरुमा मार्कस स्टोइनिसले सन्यास लिएका थिए । अन्तिम समयमा मिचेल स्टार्कले पनि व्यक्तिगत कारण देखाउदै नाम फिर्ता लिएका छन् ।
अन्तिम रुपमा घोषित अस्ट्रेलिया च्याम्पियन्स ट्रफी टोलीमा सिन एबोट, बेन डारसुइस, जेक फ्रेजर म्याकगर्क, स्पेन्सर जोन्सन र तनवीर संघालाई समावेश गरिएको छ ।
च्याम्पियन्स ट्रफी समूह बी मा रहेको अस्ट्रेलियाले इङ्ग्ल्याण्डसँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ ।
अस्ट्रेलियन टोली
स्टिभ स्मिथ (कप्तान), सिन एबोट, एलेक्स केरी, बेन डारशुइस, नाथन एलिस, जेक फ्रेजर म्याकगर्क, आरोन हार्डी, ट्राभिस हेड, जोस इंग्लिस, स्पेन्सर जोनसन, मार्नस लाबुशेन, ग्लेन म्याक्सवेल, तनवीर संघा, म्याथ्यु सर्ट र एडम जाम्पा