FLASH NEWS
  • Loading...

सहारा एकेडेमीका बालकहरुलाई जर्सी हस्तान्तरण

  • गोल्डेन खबर
  • १ महिना अघि
  • २३१५ पटक पढिएको
सहारा एकेडेमीका बालकहरुलाई जर्सी हस्तान्तरण

गुरुङ चलचित्रकी नायिका माया गुरूङले सहारा क्लब पोखराले सन्चालन गरेको सहारा फुटबल एकेडेमीका बालकहरुलाई जर्सी सेट सहयोग गरेकी छन् ।

पोखरा रंगशालामा जारी २४ औं आहा! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको अवलोकनका लागि हङकङबाट आइपुगेकी गुरुङले सहारा एकेडेमीमा आश्रित बालकहरुलाई जर्सी सेट हस्तान्तरण गरेकी हुन् ।

उनले आफ्ना छोरा हिमालको जन्मोत्सव अवसर पारेर एकेडेमीमा आश्रित ३० जना बालकहरुलाई जर्सी सेट सहारा क्लब पोखराका अध्यक्ष केशवराज बराललाई हस्तान्तरण गरेकी हुन् ।

पूर्व फुटबल खेलाडीको समेत पहिचान बनाएकी उनी सहारा हङकङकी संस्थापक सदस्य एवं जिफान हङकङ अध्यक्ष हुन् ।

  • 1
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित