- Loading...
शीर्ष टोलीलाई पछ्याउँदै बार्सिलोना
- गोल्डेन खबर
- १ महिना अघि
- ५५ पटक पढिएको

बार्सिलोनाले आइतवार स्पेनिस ला लिगाको खेल जित्दै शीर्ष दुई टोलीसँगको अंक दूरीलाई घटाएको छ।
दस खेलाडीमा खेल अन्त्य गरेको बार्सिलोनाले सेभियालाई ४-१ ले हरायो । बार्सिलोनाका लागि रोबर्ट लेवान्डोस्की, फर्मिन लोपेज, राफिन्हा र इरिक गार्सियाले गोल गरे।
सातौं मिनेटमा लेवान्डोस्कीको गोलबाट बार्सिलोनाले अग्रता बनायो । त्यसको एक मिनेटमा पछि सेभियाका रुबेन भर्गासले बराबरी गोल गरे।
लोपेजले ४६ औं मिनेटमा गोल गर्दै बार्सिलोनालाई पुनः अग्रता दिलाए। राफिन्होले ५५ औं मिनेटमा गोल गरेर बार्सिलोनाका अग्रता फराकिलो पारे।
६२ औं मिनेटमा लोपेजले रातो कार्डको सामना गर्दा बार्सिलोना १० खेलाडीमा सिमित भयो । त्यसका बाबजुद खेल सकिन एक मिनेट बाँकी रहँदा गार्सियाले गोल गरे।
आइतबारका अन्य खेलमा रियल सोसिडाडले इस्पानियोललाई २-१ ले, भ्यालेन्सियाले लेगानेसलाई २-० र गेटाफेले डेपोर्टिभो अल्भासलाई १-० ले हराएको छ।
२३ खेलमा बार्सिलोनाको ४८ खेल पुगेको छ। शीर्ष स्थानको रियल म्याड्रिडको ५० र दोस्रो स्थानको एट्लेटिको म्याड्रिडको ४९ अंक छ। सेभिया २८ अंकसहित १३ औं स्थानमा छ।