FLASH NEWS
- Loading...
संक्रमणकालीन न्यायसम्बन्धी विधेयक संसद्बाट बहुमतले पारित
- गोल्डेन खबर
- ५ महिना अघि
- २३८ पटक पढिएको
काठमाडौं । संक्रमणकालीन न्यायसम्बन्धी विधेयक (टिआरसी) संसदबाट पारित भएको छ । तत्कालीन सरकार र माओवादीबीच विस्तृत शान्तिसम्झौता भएको करिब दुई दशकपछि संक्रमणकालीन न्याय निष्कर्षमा पुग्नेगरी टिआरसी विधेयक प्रतिनिधिसभाबाट बहुमतले पारितभएको हो ।
शान्ति सम्झौताको ८ वर्षपछि वि.सं. २०७१ मा जारी भएको संक्रमणकालीन न्यायसम्बन्धी ऐनमा गम्भीर मानवअधिकार उल्लंघनकादोषीलाई आममाफी दिने प्रावधान राखिएपछि यो विषय विवादमा तानिएको थियो । त्यसपछि ऐनको उक्त व्यवस्थालाई बदर गर्दैसर्वोच्च अदालतले त्यसमा संशोधन गर्न आदेश दिएको थियो ।
सर्वोच्चको आदेशपछि टिआरसी ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयकलाई लामो समय गिजोलिए पनि बुधबार संसदबाटबहुमतले पारित भएको हो ।
प्रतिक्रिया दिनुहोस