FLASH NEWS
  • Loading...

उच्च विन्दुमा नेप्से, कारोबार रकम २७ अर्ब नाघ्यो

  • गोल्डेन खबर
  • १ महिना अघि
  • ७९ पटक पढिएको
उच्च विन्दुमा नेप्से, कारोबार रकम २७ अर्ब नाघ्यो

काठमाडौँ । हालसम्मकै उच्च कारोबार भएको दिन बजारमा शेयरबजार पनि उच्च अंकले बढेको छ । कारोबार रकममा हालसम्मकै उच्च रहेको छ । अलटाइम रेकर्ड कारोबार भएको दिन सोमबार ६ करोड ४८ लाख ७६ हजार २१७ कित्ता शेयर २७ अर्ब २४ करोड २० लाख रुपैयाँ बराबरमा किनबेच भएको छ । यसअघि आइतबार २५ अर्ब २७ करोडको कारोबार भएको थियो ।

२० कम्पनीको शेयरमूल्य सर्किट लेभलमा वृद्धि हुँदा बजार मापक परिसूचक नेप्से ७०.८१ अंकले बढेर २९३१.३५ अंक पुगेको छ । यो अंक पछिल्लो ३० महिनायताकै उच्च हो ।

सोमबार १७१ कम्पनीको शेयरमूल्य बढेको छ भने ६८ कम्पनीको घटेको छ । यस्तै तीन कम्पनीको मूलय यथावत रहेको छ । सोमबार बैंकिङ २.९५, विकास बैंक ३, फाइनान्स ४.८१, होटल तथा पर्यटन २.९४, हाइड्रोपावर ३.४३, जीवन बीमा ५.८५, माइक्रोफाइनान्स १.०८, निर्जीवन बीमा २.९७, अन्य १ र ब्यापार उपसमूह ४.१३ प्रतिशतले बढेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित