- Loading...
पेरिस ओलम्पिक समापनः अमेरिका पहिलो, चीन दोस्रो
- गोल्डेन खबर
- ५ महिना अघि
- ३१४ पटक पढिएको
काठमाडौं । ३३ औं ग्रीष्मकालीन ओलम्पिक समापन भएको छ । फ्रान्सको पेरिसमा जुलाई २६ देखि सुरू भएको ओलम्पिक गएराति विशेष समारोहका साथ समापन गरिएको हो । अब चार वर्षपछिसंयुक्त राज्य अमेरिकाको लस एन्जलसमा ३४ औं ग्रीष्मकालीन ओलम्पिक हुनेछ ।
३२ वटा खेलका ३२९ वटा इभेण्ट सञ्चालन गराइएको ओलम्पिकमा २०६ ओलम्पिक राष्ट्रिय टिम र ६ हजार ८०० खेलाडी सहभागी थिए।यसपालि नेपालसहित एशियाका ४४ वटा देशहरुले भाग लिएका थिए ।
ओलम्पिकमा अमेरिका र चीनले बराबरी स्वर्ण जितेका छन् । अमेरिकाले अन्तिममा स्वर्ण बराबरी बनाउँदा चीनलाई पदक संख्यामाउछिनेको हो ।
अमेरिकाले ४४ रजत र ४२ काश्य जित्दा उसको कुल पदक संख्या १२६ छ ।
चीनले ४० स्वर्णसहित २७ रजत, २४ काश्य जित्दा ९१ वटा पदक भित्र्याएको छ । त्यस्तै जापान २० स्वर्ण जितेर तेस्रो स्थानमा छ ।उसले २७ रजत र २४ काश्यसहित कुल ४५ पदक जितेको छ ।
चौथो स्थानमा रहेको अस्ट्रेलियाले १८ स्वर्ण, १९ रजत र १६ काश्य गरी ५३ वटा पदक जितेको छ । आयोजक फ्रान्सले १६ स्वर्ण, २६रजत र २२ काश्य गरी ६४ पदक जितेको छ ।