- Loading...
चट्याङ लागेर कैलालीमा १० महिला घाइते
- गोल्डेन खबर
- ५ महिना अघि
- २०६ पटक पढिएको
काठमाडौं । कैलालीको बर्दगोरिया गाउँपालिका–१ उत्तरमुडामा चट्याङ लागेर १० जना घाइते भएका छन् । स्थानीय भीमबहादुर चौधरीको घरमामानिस मृत्यु भएको १३औँ दिनको पुण्य तिथिमा रुखमुनि टेण्ट लगाएर महिलाहरु खाना पकाउने क्रममा दिउँसो चट्याङ परेको जिल्लाप्रहरी कार्यालयले जनाएको छ ।
चट्याङ लागेर स्थानीय ५० वर्षीया फिरियादेवी चौधरी, ३५ वर्षीया रितादेवी चौधरी, ३२ वर्षीया माया चौधरी, ४५ वर्षीया कमलापतीचौधरी, ३२ वर्षीया किरन चौधरी र ३८ वर्षीया उर्मिला डगौरा घाइते भएका छन् ।
यसैगरी, स्थानीय ४० वर्षीया पार्वती चौधरी, ५० वर्षीया फुलकुमारी चौधरी, ३५ वर्षीया निर्मलादेवी थारु र घोडाघोडी नगरपालिका–३घर भएकी ३० वर्षीया ममता थारु घाइते भएका जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लोकेन्द्रसिंह कार्कीले जानकारी दिए ।घाइतेहरुको स्थानीय बर्दगोरिया अस्पतालमा उपचार भइरहेको र अवस्था सामान्य रहेको प्रहरीले जानकारी दिएको छ ।