FLASH NEWS
  • Loading...

नुवाकोट हेलिकप्टर दुर्घटनाः छानबिन गर्न तीन सदस्यीय आयोग गठन

  • गोल्डेन खबर
  • ३ महिना अघि
  • १४२ पटक पढिएको
नुवाकोट हेलिकप्टर दुर्घटनाः छानबिन गर्न तीन सदस्यीय आयोग गठन

काठमाडौं । सरकारले नुवाकोटमा भएको हेलिकप्टर दुर्घटना छानबिन गर्न तीन सदस्यीय आयोग गठन गरेको छ । बुधबार सिंहदरबारमा बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले आयोग गठन गर्ने निर्णय गरेको हो ।

नेपाली सेनाका वरिष्ठ पाइलट सुवास थापाको संयोजकत्वमा गठित आयोगमा एरोनोटिकल इन्जिनियर विष्णु बस्नेत र तनुजा पोखरेल सदस्य रहेका छन् । जाँचबुझ गरी प्रतिवेदन बुझाउन आयोगलाई एक महिनाको समय तोकिएको सरकारका प्रवक्ता संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।

बुधबार दिउँसो एयर डाइनेस्टीको हेलिकप्टर नुवाकोटको शिवपुरी गाउँपालिका सूर्यचौरमा दुर्घटना हुँदा पाइलटसहित ५ जनाको मृत्यु भएको थियो । मृतकमध्ये ४ जना यात्रु चिनिया नागरिक हुन् भने पाइलट अरुण मल्ल रहेका छन् ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित