FLASH NEWS
  • Loading...

काभा महिला भलिबल फाइनलः नेपाल र भारत भिँड्दै, प्रधानमन्त्री समेत हेर्न जाँदै

  • गोल्डेन खबर
  • १ महिना अघि
  • ५३ पटक पढिएको
काभा महिला भलिबल फाइनलः नेपाल र भारत भिँड्दै, प्रधानमन्त्री समेत हेर्न जाँदै

काठमाडौं । काभा महिला भलिबलको फाइनलमा नेपाल र भारत भिँड्दै छन् । खेल त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् राखेपको कभर्डहलमा साँझ ५ बजे सुरु हुनेछ। घरेलु टोली नेपालले सेमिफाइनलमा इरानलाई ३–० को सोझो सेटमा पराजित गर्दै प्रतियोगिताको फाइनलमा पुगेको हो । यता भारतले सेमिफाइनलमा श्रीलङ्कालाई ३–० कै सोझो सेटमा पराजित गर्दै फाइनमा पुगेको हो ।

लिगचरणमा नेपालले भारतमाथि ३–२ को रोमाञ्चक जित हासिल गरेको थियो । यसपटक पनि नेपालले घरेलु कोर्टमा भारतलाई पराजित गर्दै प्रतियोगिताको उपाधि उचाल्ने लक्ष्यका साथ खेल्नेछ ।

भारतले पनि लिगचरणमा व्यहोरेको हारको बदला लिने लक्ष्यका साथ मैदानमा उत्रनेछ । प्रतियोगिताको फाइनल खेल हेर्न तथा समापन गर्न प्रधानमन्त्री केपी शर्मा ओलीको सहभागी हुने उनको सचिवालयले जानकारी दिएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित