- Loading...
मुहम्मद युनुस बने बंगलादेशको अन्तरिम सरकार प्रमुख नियुक्त
- गोल्डेन खबर
- ५ महिना अघि
- १६१ पटक पढिएको
एजेन्सी । बंगलादेशमा मुहम्मद युनुस अन्तरिम सरकार प्रमुख नियुक्त भएका छन् । मंगलबार राष्ट्रपति मुहम्मद शाहबुद्दिनले उनलाई अन्तरिमसरकार प्रमुख नियुक्त गरेका हुन् ।
आन्दोलनरत विद्यार्थीको मागअनुसार नै राष्ट्रपति शाहबुद्दिनले ८४ वर्षीय युनुसलाई अन्तरिम सरकार प्रमुख नियुक्त गरेको द न्युयोर्कटाइम्सले जनाएको छ ।
आन्दोलनरत विद्यार्थीहरूको नेतृत्व गरिरहेका नहिद इस्लाम र सेना प्रमुखसहित मंगलबार राष्ट्रपति शाहबुद्दिनसँग बैठक गरेका थिए ।लगत्तै युनुसलाई सरकार प्रमुख नियुक्त गरिएको हो ।
अब बंगलादेशमा उनकै नेतृत्वको अन्तरिम सरकारले विद्यार्थी आन्दोलनका मागहरू सम्बोधनका लागि काम गर्नेछ ।
अन्तरिम सरकारमा रहने अन्य सदस्यहरूको नाम केही दिनमा घोषणा हुने बताइएको छ ।
युनुसले सन् २००६ को नोबल पुरस्कार पाएका थिए । उनले बंगलादेशमा माइक्रोफाइनान्सको अवधारणा सुरूवात गरेका थिए ।