FLASH NEWS
  • Loading...

आइतबार काठमाडौँ उपत्यका भर सार्वजनिक बिदा

  • गोल्डेन खबर
  • १ महिना अघि
  • ६७ पटक पढिएको
आइतबार काठमाडौँ उपत्यका भर सार्वजनिक बिदा

काठमाडौं । सरकारले आगामी आइतबार काठमाडौं उपत्यकाभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ । गृह मन्त्रालयले शुक्रबार सूचना जारी गर्दै सार्वजनिक बिदा दिने निर्णय गरेको हो । रातो मच्छिन्द्रनाथको भोटो देखाउने जात्रा भएकाले काठमाडौं, ललितपुर र भक्तपुरमा सार्वजनिक बिदा दिने निर्णय भएको मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले बताए । वर्षा र सहकालका देवताका रूपमा पुजिने रातो मच्छिन्द्रनाथको रथलाई लगनखेलबाट तानेर जावलाखेल पुर्‍याएसँगै आइतबार भोटो जात्रा हुन लागेको हो ।

वैशाख शुक्ल प्रतिपदादेखि रथारोहण सुरु भएर शुभ साइत अनुसार लगनखेलको ठटी टोलमा रोकिएको रथलाई बिहीबार जावलाखेल पुर्याइएको हो । रातो मच्छिन्द्रनाथको रथलाई जावलाखेल पुर्याएको चार दिनमा भोटो देखाइन्छ । हरेक वर्ष राष्ट्रप्रमुखको हातबाट भोटो देखाउने प्रचलन रही आएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित