- 'आरसी १६' को पोस्टरमा यस्तो देखिए रामचरण |
- संघीय संसद्को दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची |
- नक्कली लेटरप्याड बनाएर कार्यक्रम स्थगित हुने भनेर भ्रम फैलाएको भन्दै राप्रपाको आपत्ति |
- अमेरिकी डलर र युरोको भाउ घट्दा बढ्यो अस्ट्रेलियन डलरको मूल्य , यस्तो छ सटहीदर |
- विपक्षी दलहरूले आज पनि विरोध जारी राख्ने, संसद चल्न नदिने |
वरिष्ठ पत्रकार भैरव रिसाल एक लाख सहित सम्मानित
- गोल्डेन खबर
- ८ महिना अघि
- १९९ पटक पढिएको

काठमाडौँ । एक लाख राशिको डिल्लीरमण रेग्मी राष्ट्रिय पुरस्कार नेपालका पाका तथा प्रतिष्ठित पत्रकार भैरव रिसाललाई प्रदान गरिएको छ। आज एक समारोहबीच राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई उक्त सम्मान प्रदान गरे । सो क्रममा अन्तरराष्ट्रिय शान्ति पुरस्कार जापान अन्तरराष्ट्रिय सहयोग नियोग (जाइका)लाई प्रदान गरिएको छ ।
समारोहमा राष्ट्रपति पौडेलले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाले परिकल्पना गरेको राजनीतिक स्थायित्व, विकास र सुशासनका माध्यमबाट देशलाई समृद्धिको बाटोमा लैजान सकेमात्र अग्रजहरूले परिकल्पना गरेको लक्ष्यमा पुग्न सकिने बताए ।
डा. डिल्लीरमण कल्याणी रेग्मी पुस्तकालय विकास समितिद्वारा राष्ट्रपति कार्यालय शीतलनिवासमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले हाम्रा अनुभव, ज्ञान, सीप, क्षमता र योग्यता देश र जनताको सर्वोत्तम हितका लागि समर्पित गर्नुपर्ने पनि बताए ।
कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले डा. डिल्लीरमण कल्याणी रेग्मी पुस्तकालयलाई व्यवस्थित र गतिशील बनाउन लागिपर्ने विश्वास व्यक्त गरिन् ।