- Loading...
प्रतिपक्षको भूमिका सशक्त बनाउदै आगामी चुनाव एक्लै लड्ने माओवादीको तयारी
- गोल्डेन खबर
- ५ महिना अघि
- ११९ पटक पढिएको
काठमाडौँ । नेकपा (माओवादी केन्द्र) ले प्रमुख प्रतिपक्षको भूमिकालाई सशक्त बनाउने निर्णय गरेको छ ।
मंगलवारको पदाधिकारी बैठकपछि पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा बसेको बैठकले सो निर्णय गरेको पार्टी प्रवक्ता अग्निप्रसादसापकोटाले बताए ।
उनले ५ दिनदेखि गम्भीररूपमा छलफल भएको र प्रमुख प्रतिपक्षको भूमिकालाई सशक्तरूपमा निर्वाह गर्ने, सदनलाई प्रभावकारी बनाउनेनिर्णष भएको जानकारी दिए ।
उनले जनताका जल्दाबल्दा समस्या र पार्टी अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकारले ल्याएको सामाजिक न्यायसहितको सुशासन, समृद्धिका सवाललाई अझ खोज अनुसन्धानसहित गम्भीरतापूर्वक उठाउने र भ्रष्टाचारविरोधी अभियान अघि बढाउन सरकारलाई दबाबदिने निर्णय भएको बताए । उनले आगामी निर्वाचनमा एक्लै चुनाव लड्ने गरी तयारी गर्ने निर्णय भएको पनि बताए ।
उनले भने, ‘प्रमुख प्रतिपक्षको भूमिकालाई सशक्तरूपमा निर्वाह गर्ने, सदनलाई प्रभावकारी बनाउने, हाम्रो संख्या कम छ र पनि गुणात्मकबनाउने, देश र जनताका जल्दाबल्दा समस्या र पहिला हाम्रो सरकारले शुरु गरेका सामाजिक न्यायसहितको सुशासन, समृद्धिकासवाललाई अझ खोज अनुसन्धानसहित गम्भीरतापूर्वक उठाउने र ति भ्रष्टाचारविरोधी अभियान अघि बढाउन सरकारलाई दबाब दिनेनिर्णय भएको छ ।‘
‘आगामी निर्वाचनमा एक्लै चुनाव लड्नेगरी तयारी गर्ने, जसले हाम्रा विचार, राजनीतिक कार्यदिशा, दृष्टिकोण जनतामा सोझै पुग्नसकियोस् । यो जनतामा जाने सुवर्ण अवसर पनि हो । बृहत वामपन्थी एकीकरणलाई संयुक्त मोर्चालाई विस्तार गर्दै लैजान्छौँ।कम्युनिष्ट पार्टीको पुनःगठन निश्चित हुन्छ’, उनले थपे ।