- Loading...
पेरिस ओलम्पिकमा अझै पदकबिहिन नेपाल, जुडोमा मनिताको हार
- गोल्डेन खबर
- ५ महिना अघि
- ११० पटक पढिएको
काठमाडौं । पेरिस ओलम्पिकमा नेपाली खेलाडीको खराब प्रदर्शनले निरन्तरता पाएको छ । अहिले सम्म नेपालपदकबिहिन छ । जुडोकी मनिता श्रेष्ठ प्रधान पहिलो खेलमै पराजित भएकी छिन् ।
महिला ५७ केजीको सोमबार भएको खेलमा मनितालाई सर्बियाकी खेलाडी मारिसा पररिसिसलेइप्पोनमा हराएकी हुन् । मनिता १ मिनेट दुई सेकेन्ड मात्रै म्याटमा टिकिन ।
सागकी रजत विजेता र वल्ड च्याम्पियनशीपको अनुभव र थुप्रै एसियाली स्तरमा खेलिसकेकी मनितालेआज प्रभावशाली खेल प्रदर्शन गर्न सकिनन् । जुडोमा नेपालको अहिलेसम्मको उत्कृष्ट प्रदर्शन फुपुलामु खत्रीको नाममा छ । उनी रियो ओलम्पिक्समा पुरै समय म्याटमा टिकेकी थिइनन ।
जारी ओलम्पिक्समा नेपालबाट पहिलो चरणबाट बाहिरिने मनिता चौथो खेलाडी हुन । यसअघि टेबलटेनिसका स्यान्टु श्रेष्ठ, सुटिङकी सुष्मिता नेपाल र पौडीका डुवाना लामा पनि पहिलो चरणबाट नैबाहिरिसकेका छन । आजै प्रीन्स दाहालले पनि समुह चरणको खेल खेल्दैछन् ।
पेरिस ओलम्पिकमा ६ खेलका ७ नेपाली खेलाडीले भाग लिएका छन् ।