FLASH NEWS
- Loading...
गाँजाको वैधानिकता मागसहित आमरण अनशन सुरु
- गोल्डेन खबर
- ३ महिना अघि
- ९३ पटक पढिएको
काठमाडौं । गाँजा वैधानिकताको माग गर्दै दुई युवाले काठमाडौंमा आमरण अनशन सुरू गरेका छन् ।
सोमबार दिउँसोदेखि काठमाडौंस्थित जय बागेश्वरी मन्दिर डबली परिसरमा दुई युवाले आमरण अनशन सुरू गरेका हुन् ।
नेपाल फार्म व्यवसायी संघका अध्यक्ष ऋगेन्द्र गिरी र नेपाल गाँजा वैधानिक महाअभियानका संयोजक अनुबन्ध प्रधानले आमरण अनशनसुरू गरेको एक जना अभियन्ता रबिन्स डाँगीले बताए ।
गाँजा वैधानिक हुनुपर्ने मागसहित आमरण अनशन सुरू गरेकाहरूले सर्वोच्च अदालतको आदेशले अग्राधिकार पाएको सार्वजनिकसरोकारको गाँजा सम्बन्धी मुद्दाको सुनुवाई हुनुपर्ने तथा तत्काल फैसलाको लागि दबाव सिर्जना गर्नु रहेको बताएका छन् । माग पुरा नभएसम्म निर्णयबाट पछि नहट्ने बताएका छन् ।
प्रतिक्रिया दिनुहोस