FLASH NEWS
  • Loading...

देशैभर बाढीपहिरो लगायतका विपदमा परि १३४ जनाको मृत्यु

  • गोल्डेन खबर
  • १ महिना अघि
  • ४२ पटक पढिएको
देशैभर बाढीपहिरो लगायतका विपदमा परि १३४ जनाको मृत्यु

काठमाडौँ । अविरल वर्षाको कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढीपहिरोलगायतका विपदमा आजसम्म १३४ जनाको मृत्यु भएको छ । केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायव महानिरीक्षक दानबहादुर कार्कीका अनुसार बाढीपहिरोलगायत विपदमा काठमाडौँ उपत्यकामा २ जना, कोशी प्रदेशमा २२ जना, मधेश प्रदेशमा ६ जना, बागमती प्रदेशमा २५ जना, गण्डकी प्रदेशमा ३८ जना, लुम्बिनी प्रदेशमा २३ जना, कर्णाली प्रदेशमा ८ जना र सुदूरपश्चिम प्रदेशमा १० जना गरी जम्मा १३४ जनाको मृत्यु भएको हो ।

बाढीपहिरोमा काठमाडौँ उपत्यकामा ९ जना, शी प्रदेशमा ३४ जना, मधेश प्रदेशमा ९ जना, बागमती प्रदेशमा ९ जना, गण्डकी प्रदेशमा २९ जना, लुम्बिनी प्रदेशमा ९ जना, कर्णाली प्रदेशमा ३५ जना र सुदूरपश्चिम प्रदेशमा १४ जना गरी जम्मा १४८ जना घाइते भएका प्रवक्ता कार्कीले बताए । उनले भने, “बाढीपहिरोमा कोशी प्रदेशमा २ जना, बागमती प्रदेशमा २ जना, गण्डकी प्रदेशमा एकजना, लुम्बिनी प्रदेशमा एकजना र कर्णाली प्रदेशमा एकजना गरी ७ जना बेपत्ता भएका छन्। बेपत्ताको खोजी कार्य जारी छ ।”

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित