- Loading...
गाजामा पुनः इजरायली आक्रमण, ७० जनाको मृत्यु, सयौँ घाइते
- गोल्डेन खबर
- ४ महिना अघि
- १५५ पटक पढिएको
काठमाडौं । इजरायलले गाजाको खान युनिस सहरमा गरेको शक्तिशाली आक्रमणमा ७० जनाको मृत्यु भएको छ ।
हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले इजरायली हवाई आक्रमणमा ७० जनाको मृत्यु भएको र सयौँ मानिस घाइते भएको बताएकोछ । इजरायलले हमासविरुद्ध शक्तिशाली अपरेशन सुरु गर्ने भन्दै खान युनिसको एक आवसीय क्षेत्र खाली गर्न चेतावनी जारी गरेकोथियो ।
हिजो बिहान सो क्षेत्रबाट इजरायलतर्फ रकेट आक्रमण भएको दाबी गर्दै इजरायलले खाली गराउन चेतावनी दिएको थियो । त्यसलगत्तैउक्त क्षेत्रमा हवाई आक्रमण भएको हो । ठूलो मात्रामा गरिएको बमबारीमा आतंकवादी समूह हमासको गढ ध्वस्त पारिएको इजरायलीसेनाले दाबी गरेको छ ।
आक्रमणपछि यस क्षेत्रमा भागाभाग भएको देखिएको बीबीसीले जनाएको छ । इजरायली आक्रमणपछि यस क्षेत्रका अस्पताल तथाविश्व स्वास्थ्य संगठनले चलाएको स्वास्थ्य केन्द्रको सेवा ठप्प भएको छ ।
७ अक्टोबर यता जारी इजरायली आक्रमणमा गाजामा मृत्यु हुनेको संख्या ४० हजार हाराहारी पुगेको छ ।