FLASH NEWS
  • Loading...

बंगलादेशमा रहेका विद्यार्थीहरूको सुरक्षा गर्न परराष्ट्रमन्त्रीसँग आग्रह

  • गोल्डेन खबर
  • १ महिना अघि
  • ६३ पटक पढिएको
बंगलादेशमा रहेका विद्यार्थीहरूको सुरक्षा गर्न परराष्ट्रमन्त्रीसँग आग्रह

काठमाडौँ बंगलादेशमा आन्दोलन चर्किएपछि स्वदेश फर्किएका नेपाली विद्यार्थीहरूले सोमबार परराष्ट्रमन्त्री डा. आरजु राणा देउवालाई भेट गरीत्यहाँको अवस्थाका बारेमा जानकारी गराएका छन्

ढाकामा जारी आन्दोलनका कारण समस्यामा परेका नेपाली विद्यार्थी स्वदेश फर्किरहेका छन् परराष्ट्र मन्त्रालयले आइतबारसम्म एकहजार दुई सय विद्यार्थी स्वदेश फर्किसकेका जनाएको

आइतबार नेपाल फर्किएका ढाकास्थित विभिन्न कलेजमा चिकित्साशास्त्र विषयमा अध्ययनरत केही विद्यार्थीले आज परराष्ट्र मन्त्रालयपुगेर मन्त्री डा. राणासँग भेट गरेका थिए उनीहरूले आन्दोलनका कारण त्यहाँका विभिन्न कलेजमा अध्ययनरत नेपाली तथा विदेशीविद्यार्थीले असुरक्षित महसुस गरेको जानकारी गराएका थिए

हाल ढाका त्यस वरपरका क्षेत्रमा इन्टरनेट तथा टेलिफोन सेवा समेत काटिएकाले आफ्ना परिवारसँग पनि सम्पर्क गर्न नसकिएको, आफू रहेका स्थानबाट बाहिर निस्कन नपाएको त्यहाँ रहेका विद्यार्थी सम्पर्कविहीन हुँदा आत्तिएका उनीहरूले जानकारी गराए

उनीहरूले ढाकास्थित नेपाली दूतावासले त्यहाँ अप्ठेरोमा परेकाहरूका लागि सम्पर्क समन्वय गरेको, नेपाल आउन चाहनेलाईआवश्यक सहयोग गरेको जानकारी दिँदै कलेजभित्रै रहेका विद्यार्थीलाई त्यस्तो कुनै असुरक्षाको अवस्था नभए पनि इन्टरनेट, फोन आदिनभएकाले आफ्ना परिवारसँग सम्पर्क गर्न नपाएर उनीहरू आत्तिएको बताए

हाल त्यहीँ रहेका आफ्ना नेपाली साथीहरूलाई सुरक्षित रहनका लागि पहल गर्न आन्दोलनका कारण आफ्नो अध्ययनमा परेकोअसरलाई कम गर्नका लागि कूटनीतिक माध्यमबाट पहल गरिदिन विद्यार्थीहरूले मन्त्री डा राणासँग आग्रह गरेका छन्

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित