FLASH NEWS
  • Loading...

कर्णाली सरकारबाट बाहिरियो माओवादी केन्द्र

  • गोल्डेन खबर
  • १ महिना अघि
  • ५५ पटक पढिएको
कर्णाली सरकारबाट बाहिरियो  माओवादी केन्द्र

सुर्खेत कर्णाली प्रदेश सरकारबाट बाहिरिने घोषणा गरेसँगै माओवादीका मन्त्रीहरुले मुख्यमन्त्री यामलाल कँडेलालाई राजीनामा पत्र बुझाएकाछन्  

मन्त्रीहरूले सोमबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुगेर मुख्यमन्त्री कँडेललाई राजीनामा पत्र बुझाएका हुन्  

सोमबार पत्रकार सम्मेलन आयोजना गर्दै पदबाट राजीनामा दिएको घोषणा गरेका थिए नेकपा एमालेले नेतृत्व गरेको कर्णाली प्रदेशसरकारमा माओवादीबाट मन्त्री रहेका महेन्द्र केसी, वीरबहादुर शाही, रणसिंह परियार दुर्गबहादुर रावतले पदबाट राजीनामा दिएका हुन्

केसी आर्थिक मामिला तथा योजना, शाही सामाजिक विकास, परियार जलस्रोत तथा उर्जा रावत उद्योग, पर्यटन, वन तथावातावरणमन्त्री थिए

मन्त्री रावत, शाही केसी गत वैशाख १८ गते मंगलबार मन्त्रीमा नियुक्त भएका थिए यस्तै यसअघि नै बिनाविभागीय मन्त्री बनेकापरियारले जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयको जिम्मा पाएका थिए  यो संगै अब कर्णालीमा कांग्रेस सत्तामा जानेछ

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित