FLASH NEWS
  • Loading...

प्रधानमन्त्री ओलीले पाए विश्वासको मत, दुई तिहाइ सांसदहरूको समर्थन

  • गोल्डेन खबर
  • ६ महिना अघि
  • ११० पटक पढिएको
प्रधानमन्त्री ओलीले पाए विश्वासको मत, दुई तिहाइ सांसदहरूको समर्थन

काठमाडौं प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभाबाट विश्वासको मत पाएका छन् आइतबारको प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्रीओलीले राखेको विश्वासको मतको प्रस्तावका पक्षमा १८८ मत आएको

बहुमतका लागि १३८ जना सांसदको साथ भए पुग्थ्यो प्रधानमन्त्री ओलीलाई दुई तिहाई सांसदको समर्थन प्राप्त भएको प्रतिनिधिसभाको आइतबारको बैठकमा २६३ जना सांसद उपस्थित थिए

प्रस्तावको विपक्षमा ७४ मत आएको मत दिन्न भन्नेमा मत आएको सभामुख देवराज घिमिरेले प्रतिनिधि सभा बैठकमा सुनाएका छन्

नेकपा (एमाले) का अध्यक्ष ओली गत असार ३० गते प्रधानमन्त्रीमा नियुक्त भएका थिए प्रधानमन्त्री नियुक्त भएको ३० दिनभित्रप्रतिनिधि सभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था सोहीअनुसार प्रधानमन्त्री ओलीले आइतबार विश्वास मत लिएकाहुन्

प्रधानमन्त्री ओलीले राखेको विश्वासको मतको प्रस्तावका पक्षमा नेपाली कांग्रेस, नेकपा (एमाले), जनता समाजवादी पार्टी, जनतासमाजवादी पार्टी नेपाल, नागरिक उन्मुक्ति पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, जनमत पार्टी केही स्वतन्त्र सांसदहरूले मत दिए

प्रधानमन्त्रीले राखेको विश्वास मतको प्रस्तावका विपक्षमा नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), राष्ट्रिय स्वतन्त्रपार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी लगायत उभिएका छन्

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित